आन्तरिक आयस्राेत नभएको सिमकोट गाउँपालिका अघिल्लो आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ।
गृह मन्त्रालयले बहालवाला तथा पूर्वकर्मचारी र सुरक्षाकर्मीले नियमविपरीत व्यक्तिगत सुरक्षाकर्मी र सहयोगी राखेको भए फिर्ता गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।
प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभाको प्रथम अधिवेशन आह्वान गर्नुभएको छ ।
संविधानको धारा ७० बमोजिम राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा समुदायबाट प्रतिनिधित्व हुनुपर्ने भएकाले दुवै पदको एकै पटक नभइ फरक–फरक मितिमा निर्वाचन हुनेछ ।
गृहमन्त्री रवि लामिछानेको सांसदको योग्यताबारे यही पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका–१ को जुम्ला विमानस्थलनजिकै पाइप फुट्दा निस्केको पानीको फोहरा खसेको क्षेत्रमा चिसोले सेताम्मे बनेको बरफ ।
स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रिपूर्ण खेलका लागि मङ्गलबार नेपाल आइपुग्नुभएको छ ।
सरकारको कानुनी सल्लाहकार महान्यायाधिवक्ता पदमा अधिवक्ता डा. दिनमणि पोखरेल सिफारिस हुनुभएको छ ।
पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा रहेका विद्यालयहरूमा उपचारात्मक कक्षा सञ्चालन गरिएको छ । कमजोर विद्यार्थीहरूलाई विशेष समय दिएर उनीहरूको सिकाइ उपलब्धि वृद्धि गर्न उपचारात्मक कक्षा सञ्चालन गरिएको हो ।
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुँदैछ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।
वन तथा वातावरण विभागले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मुख्य कारण गाडीले फ्याँक्ने धुवाँ रहेको जनाएको छ ।
जापानका पुनर्निर्माण मन्त्रीले आर्थिक अनियमितताको आरोप लागेपछि मङ्गलबार राजीनामा दिनुभएको छ । प्रधानमन्त्री फुमियो किशिदाको मन्त्रिमण्डलबाट तीन महिनामा राजीनामा दिने चौथो मन्त्री बन्नुभएको छ ।
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
बागलुङका तीन स्थानीय तहमा दश वटा झोलुङ्गे थपिएका छन् । गत आर्थिक वर्ष २०७८/०७९ मा ढोरपाटन नगरपालिकाकामा तीन, बरेङ गाउँपालिकामा दुई, ताराखोला गाउँपालिकामा पाँच गरी दश वटा पुल निर्माण गरिएको हो ।