मालवाहक सवारीसाधनको भार अनिवार्य रूपमा तौलपुलमा जाँचेर मात्र सडकमा पठाइने निर्णय एवं भारवहन नियमनसम्बन्धी निर्देशिका २०७४ बागमती टिप्पर व्यवसायी सङ्घले अस्वीकार गरेको छ । निर्देशिकाअनुसार निर्माण सामग्री बोक्ने टिप्परले यातायात व्यवस्था विभागले तोकेको ढाँचामा डालालाई उचाइ र बडीको आयतन कार्य बढी बनाउनुपर्नेछ । यस्तै मालवाहकले अधिकतम पहिलो प्रति (एक्सल चार पाङ्ग्रा) १० दशमलव मेट्रिक टन भार बोक्न पाउँछन् तर यो व्यवस्था व्यवसायीले उल्लङ्घन गरेका
लोकतान्त्रिक मुलुकमा जनताको स्वीकृतिबेगर न कर उठाउन र ऋण लिन पाइन्छ, न खर्च गर्न नै । जनताको स्वीकृतिलाई संसदीय प्रक्रियाबाट निर्धारण गरिन्छ र त्यसको परीक्षण सर्वोच्च लेखापरीक्षण निकायबाट गरिन्छ । सुदृढ वित्तीय जवाफदेहिता लागि वित्तीय व्यवस्थापनका प्रमुख चार पक्ष नीति प्राथमिकतामा आधारित बजेट, सुदृढ र अनुमानयोग्य कार्यान्वयन
प्रतिनिधि सभाको रिक्त रहेका स्थानमा भएको उपनिर्वाचनसँगै संसद्मा संसदीय समितिहरूको नेतृत्व चयनले तीव्रता पाएको छ । प्रतिनिधि सभाभित्र अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानुन, न्याय तथा मानव अधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा समिति, संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कनजस्ता समिति रहेका छन् ।
राज्यबाट प्रदान गरिने सेवा क्रमशः अनलाइन (विद्युतीय) माध्यमबाट प्रदान हुने क्रममा बढोत्तरी हुँदै गइरहेको अवस्था छ । उदाहरणका लागि राष्ट्रिय परिचयपत्र, राहदानी, मतदाता दर्ता, लाइसेन्स, सवारी दर्ता, जग्गासम्बन्धी कार्य, वैदेशिक रोजगार अनुमति, अध्ययन अनुमति, कम्पनी दर्ता, राजस्व भुक्तानी, भन्सार जाँचपासलगायतका सेवा क्रमशः अनलाइन माध्यमबाट प्रदान गरिने कार्यको सुरुआत भइसकेको छ । कतिपय सेवा सुरु हुने अवस्थामा छ; जसले गर्दा सेवाग्राही कार्यालयमा जानैपर्ने व्यवस्थाको अन्त्य हुने क्रम छ ।
अहिले मुलुकभरका विद्यालयमा भर्ना अभियान छ । अभियानको मूल लक्ष्य विद्यालय उमेर समूहका सबै बालबालिका विद्यालयको पहुँचमा ल्याउने भन्ने हो । यहाँ ‘मेरै गोरुको बाह्रै टक्का’ विषेशतायुक्त प्रचार शैलीबाट विद्यार्थी तानातान गर्ने होड नै चलेको पाइन्छ । तानातान यतिसम्म छ कि बस वा सवारीसाधन देखाएर एउटा स्थानीय तहबाट अर्को स्थानीय तह वा एउटा जिल्लाबाट अर्को जिल्ला नै पु-याउने तर यो कुरा समझमा छैन कि साना बालबालिका लामो दूरीको यात्राबाट विद्यालय पुग्दा थकित भई सिकाइ प्रभावकारी हुन सक्दैन ।
रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१३ मा उत्पादित आलुले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । उत्पादनको हिसाबले उत्कृष्ट मानिएको वडाको काउलेचौर, बाहुनचौरलगायतका स्थानमा उत्पादन भएको आलुले उचित बजार नपाएको किसानको गुनासो छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग नेपाल उद्योग परिसङ्घले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगार क्षेत्रका विषयमा छलफल गरेको छ । परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसङ्घ टोलीले मन्त्री भण्डारीलाई भेट गरी विद्यमान अर्थतन्त्र र समस्या समाधानका विषयमा छलफल गरेको हो ।
गायक प्रकाश सपुत र गायिका देवी घर्तीको स्वर रहेको चलचित्र ‘हल्कारा’को गीत सार्वजनिक भएको छ । ‘जीवन कठै बरी’ बोलको गीतको भिडियोमा केही संवादसमेत राखिएका छन् । गीत तथा संवादले मार्मिक रूपमा वैदेशिक रोजगारीले निम्त्याएको पीडालाई दर्शाएको छ । गीतमा गायक सपुतले नै शब्द तथा सङ्गीत दिनुभएको छ ।
म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो । जिल्लाका स्थानीय तहमा रहेका रोजगार केन्द्रबाट उक्त सेवा थालिएको छ ।
सीमामा तैनाथ भारतीय सुरक्षा बल (एसएसबी) को चौकी छिचोलेर लख्खी राजवंशी दिनहुँ भारतीय विद्यालयमा कक्षा ७ मा पढ्न जाने गर्छिन् ।
कवि कुमाराज सुवेदीको कविता सङ्ग्रह ‘द कलर्स अफ स्प्रिङ’ बुधबार एक समारोहबीच लोकार्पण भएको छ । प्रतिनिधि सभाकी उप–सभामुख इन्दिरा रानामगरले कविता सङ्ग्रहको लोकापर्ण गर्दै आफूले पनि एक समयमा कविता लेख्ने गरेको स्मरण गर्दै भन्नुभयो, “लेखक पनि कुनै बेला मानसिक तनावमा रहनुभएकाले पुस्तक चिकित्सक, शिक्षकलगायतका लागि धेरै महत्वपूर्ण उपहार हुने निश्चत छ ।”
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चीनको बेइजिङस्थित नेपाली दूतावासमार्फत चीनमा नेपाली चिया निर्यातका लागि प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले चीनमा चिया निर्यातका लागि आवश्यक डकुमेन्ट पेस गरेर प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले नेपाली चियाको गुणस्तरमा उत्कृष्ट देखिएपछि चिनियाँ व्यापारी आकर्षित भएकाले निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको जानकारी दिनुुभयो । गत असोज ४–५ गते (२०२२ सेप्टेम्बर २०–२१) चीनको फुचियान प्रान्तको फुआन सहरमा भएको ‘सेकेन्ड वल्र्ड ब्लाक टी क्वालिटी इभ्यालुसन कम्पिटिसन’मा नेपाली चिया उत्कृष्ट देखिपछि चिया निर्यातको सम्भावना बढेको उहाँको भनाई छ
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्र्याउने वातावरण बनाउन सरकार सधैँ लागिपरेको बताउनुभएको छ । गोल्छा गु्रपले कोरियाको सामसुङ कम्पनीसँगको सहकार्यमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को रामग्राम नगरपालिका–११ मा रहेको उद्योगबाट उत्पादन गरेर बिक्री वितरण शुभारम्भका अवसरमा बुधबार उद्योगमा आयोजित समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएपछि विद्यालय भर्ना अभियानलाई तीव्रता दिइएको छ। यस अभियानबाट अभिभावक प्रभावित भई विद्यार्थी भर्ना गराउन उत्साहित भएका सामुदायिक विद्यालयले जनाएका छन्। सामुदायिक विद्यालय सुधारका लागि विविध कार्यक्रममध्ये विद्यालय भर्ना अभियानलाई प्राथमिकतामा राखिएको जिल्ला शिक्षा समन्वय एकाइ सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिनुभयो। उहाँका अनुसार चलिरहेको विद्यालय भर्ना अभियान प्रभावकारी रहेको छ। विगतको तुलनामा अभिभावकको आकर्षण सामुदायिक विद्यालयप्रति बढ्दो छ।
‘नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ नाराका साथ जिल्लाका सदरमुकाम जलेश्वरको विभिन्न ठाउँमा बालविवाह न्यूनीकरणका लागि सडक नाटक प्रदर्शन गरिएको छ।