प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताउनुभएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रेस स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रताप्रति वर्तमान सरकार पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ ।
स्पेनिस ला लिगा फुटबलको उपाधि दाबेदार रियल म्याड्रिडलाई जिरोनाको नमिठो झट्का लागेको छ । मंगलबार राति भएको खेलमा रियल जिरोनाको मैदानमा ४–२ गोलले स्तब्ध बन्यो ।
'नवौं लिटल थिएटर गराज' बालबालिकाका लाथि अभिनय तथा नाट्य कार्यशाला सकिएको छ ।
पुँजी बजारमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ६८ अङ्कले घटेर एक हजार आठ सय ९२ को विन्दुमा कायम भएको हो।
नेपाली खेलाडी चन्दु शाहीले अस्ट्रेलियामा हुने १४ गोल्डकोस्ट ओपन तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाउने हुनुभएको छ ।
बिग्रँदो अवस्थामा रहेको अर्थतन्त्रको सुधारका लागि भन्दै राष्ट्रिय सभाको आजको बैठकमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको छ। ‘सुदृढ अर्थतन्त्र निर्माण गर्नका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति र योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्ने’ विषयको सार्वजनिक महत्त्वको प्रस्ताव पेस गरिएको हो।
संयुक्त अरब इमिरेट्स (युएई) एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मालपोत कार्यालय तम्घास गुल्मीले सार्वजनिक बिदामा समेत सेवा प्रवाह गर्नुभएको छ। सार्वजनिक सूचना जारी गर्दै मालपोत अधिकृत खेतबहादुर खत्रीले विभिन्न १७ सार्वजनिक बिदामा पनि मालपोत कार्यालयले सेवा प्रवाह गर्ने बताउनुभएको हो ।
भारतीय कांग्रेस नेता राहुल गान्धी सुरत अदालतले गत महिना गरेको फैसलाविरुद्ध गुजरात उच्च अदालत पुग्नुभएको छ।
भारतमा विगत दुई दिनदेखि कोरोनाका बिरामी बढेका छन्। मङ्गबारको तुलनामा बुधबार करिब ४० प्रतिशतले बिरामी बढेका केन्द्रीय परिवार स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आगो निभाउन गएको गौर नगरपालिकाको वारुण यन्त्र गढवाटोलमा दुर्घटना भएको छ । दुर्घटनामा चालकसहित पाँच कर्मचारी घाइते भएका छन् ।
एनआईसी एसिया क्यापिटल लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको मेन्छियाम हाइड्रोपावर लिमिटेडको शेयर बाँडफाँट गरेको छ ।