आज.... धेरै दिनपछि आज कागज पाएको छु । कलम केही दिन पहिले नै पाएको थिएँ । कलम मात्रले तर केही गर्न सक्तोरहेनछ । कलमसित कागज नभइनहुने रहेछ । यो सबैलाई थाहा भएकै कुरा हो । तर कलम मात्र भएर कागज नभएको स्थितिलाई धेरै दिनसम्म झेलिरहनुपरेकाले यसलाई मैले बेग्लै रूपमा महसुस गरेँ । कलम र कागज यी दुवैको निमित्त मैले ती... प्रति कृतज्ञ हुनुपर्छ । ती... तिनको नाउँ मलाई थाहा छैन । तर उनको अनुहार, जिउ–डाल, लवाइ, हिँडाइ आदि कुनैलाई पनि म कदापि बिर्सन सक्तिनँ । यहाँ गोलघरमा राखिएपछि मैले देखेको मान्छे केवल उनी मात्र हुन् । हरेक दिन सधैँ उनी मेरो ढोकामा लगाइएको ठूलो ताल्चा खोल्न आउँछन् । ताल्चा खोल्दा सायद उनलाई केही समय लाग्छ । त्यसैले ढोकामा केही समयसम्म एउटा आवाज आइरहन्छ । त्यो आवाजसँगै मलाई लाग्छ, अब केहीबेरमै ढोका खोलि नै लागेको छ ।
सिन्धुली जिल्लाका नौवटा स्थानीय तहमध्ये हरिहरपुरगढी गाउँपालिका विकासका दृष्टिले पछाडि परेको पालिका हो । गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बज्रध्वज वाइवाले अबको पाँच वर्षभित्रमा पालिकाका सबै बस्तीमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पु-याउने आफ्नो योजना रहेको बताउनुभएको छ ।
सर्लाहीको जिल्ला प्रशासन कार्यालय मलङ्गवा र इलाका प्रशासन कार्यालय हरिवनलाई राहदानी फाँटको चाप थेग्न हम्मे हम्मे भएको छ । सेवाग्राहीको भीड कम गर्न र उनीहरूको सहजताका लागि भन्दै विभिन्न नियम लागू गर्दा पनि सेवाग्राहीले यी दुई कार्यालयबाट सहज रूपमा राहदानी पाउन सकिरहेका छैनन् । राहदानीका लागि धेरै दिनसम्म जिल्ला प्रशासन कार्यालय धाउनु परेको सेवाग्राहीको गुनासो छ ।
पश्चिम नवलपरासी सुनवलको चारपालामा १३२ केभी सबस्टेशन निर्माण भइरहेको छ । पछिल्ला केही वर्षयता नवलपरासीको सुनवल ज्यामिरे क्षेत्रमा ठूला उद्योगहरू लक्ष्मी स्टिल, पाल्पा सिमेन्ट उद्योगसहित अन्य साना तथा मझौला उद्योग स्थापना हुने क्रम बढेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र दैनिक पहिलो उडान गर्ने व्यवस्था अन्त्य गर्दा उडान सुनिश्चितता ९० प्रतिशतले बढेको छ । मोफसलबाट पहिलो उडान सुरु भएसँगै काठमाडौँमा एकै समयमा अवतरण हुने एक हजार हाराहारीका यात्रुको व्यवस्थापनसहित विमानस्थलको एयर ट्राफिक र टर्मिनल भवनमा हुने भीडसमेत नियन्त्रित भएको छ ।
नेपाल बैङ्क लिमिटेडले नेपाली सेनाको सैनिक कल्याणकारी महानिर्देशनालय जङ्गी अड्डा भद्रकाली काठमाडौँमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नेपाली सेनाका बिग्रेडियर जनरल विजय थापाले संयुक्त रूपमा उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गर्नुभयो ।
मुलुकको राजधानी सहर एवं सबैभन्दा पुरानो महानगरपालिका काठमाडौँमा अनेकन समस्यासँगै बारम्बार फोहोर थुप्रिने तथा नउठ्ने समस्या काठमाडौंँवासीका लागि नौलो विषय होइन । यसबाट काठमाडौंँको अन्तर्राष्ट्रिय छविमा समेत नकारात्मक असर परेको यथार्थ हो ।
वैचारिक विचलन र राजनीतिक महìवाकाङ्क्षाले नेताको राजनीतिलाई कहाँसम्म पु-याउने सक्छ ? नेपाली राजनीतिमा यो प्रश्न अब अनुत्तरित रहेन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अहिले यसको ज्वलन्त उदाहरण बन्नुभएको छ । लोकतान्त्रिक शासन पद्धतिलाई स्वीकार नगर्ने स्कुलिङबाट सुरु
अस्पतालका जागिरे डाक्टर ड्युटी आवरमा अस्पताल नभई निजी क्लिनिकमा हुनु र विश्वविद्यालयका शिक्षक कक्षा कोठामा नभई निजी विद्यालयमा भेटिनु अब सामान्य भयो । त्यसैले डाक्टर र प्रोफेसरको सामाजिक सम्मान व्यवसायीमा झरेको छ ।
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा सोमबार बिहानै आगलागी भएको छ । मेरिङ्देन गाउँपालिका–२ सान्थाक्रामा भएको आगलागीबाट स्थानीय दावा शेर्पाको घर–मतान जलेर ध्वस्त भएको छ ।
परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी मनाईएको छ ।
आइतबार एक अमेरिकी डलरको खरिद मूल्य १२७ रुपियाँ ५१ पैसा रह्यो । नेपाल राष्ट्र बैङ्कका अनुसार बिक्री मूल्य १२८ रुपियाँ ११ पैसा पुगेको छ । यताका महिनामा अमेरिकी डलरको भाउ निरन्तर बढिरहेको छ । अमेरिकी डलरको भाउ डरलाग्दो तवरमा निरन्तर बढिरहनु नेपाली रुपियाँको मूल्य ओरालो लाग्नु हो
इलामको सूर्योदय नगरपालिकाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आएको छ । नगरले सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउने अभियान सञ्चालन गरेपछि विद्यालयको गुणस्तरमा सुधार आएको हो ।
मुक्त कमैया हिङ्गु चौधरीलाई स्थायी बसोबासका लागि अझै जग्गा मिलेको छैन । कैलारी गाउँपालिका–७, विपतपुरमा अस्थायी बसोबास गरिरहनुभएका उहाँ जग्गा पाउने पर्खाइमा हुनुहुन्छ । उहाँजस्तै कयौँ मुक्त कमैया परिवार छन्, विपतपुरमा ।
शासकीय प्रणालीमा सङ्घीय शासन एउटा शासकीय पद्धति हो । शासन प्रणालीलाई तहगत वा एकाइमार्फत जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउने र भूगोल, भाषा र जातीय पहिचानको आधारमा तह वा एकाइबाट शासकीय प्रबन्ध गर्ने व्यवस्थालाई नै सङ्घीय शासन प्रणाली मानिएको छ ।