• ३ असार २०८१, सोमबार

साउने संक्रान्ति राँको बालेर लुतो फालियो

blog

जुम्ला, साउन २ गते । परम्परागत चाडपर्वका रुपमा मनाउदै आएको साउने संक्रान्ति राँको बाल्दै लुतो फाल्ने परम्परागत संस्कृतिलाई अनुसरण गरी  मनाईएको छ । 

जुम्लामा यस वर्ष पनि स्थानीयले घरको छत, आँगन र ओटालोमा राँकोबाल्दै संक्रान्ति मनाएका हुन । उनिहरुले परम्परागत रुपमा राँको बाल्दै आफ्नो अर्को गाउँका मानिसहरुलाई गाली गर्दै मनाईएको छ ।   

बेलुकी झिसमिसेमा जुम्लाका बस्तीहरु यसपटकको साउनमा १ गते पनि राँकाले उज्यालो भएका छन् । परम्परा अनुसार हरेक घरमा जति परिवार सदस्य छन त्यति नै राँको बालेर आ आफ्नो छत तथा आँगनमा आफु र आफ्नो घरमा रहेको फोहर लैजाउ, रोग व्यादी सबै जावस भन्ने कामना अनुसार राँको बाल्ने चलन जुम्ला सहित कर्णाली क्षेत्रमा रहेको छ । आज साउन १ गते नेपाली भाषाको उद्गम स्थल सिंजा सहित जिल्लाभरी राँको बालेर साउने सक्रान्ति मनाईएको हो ।  

जुम्लामा परपरागत रुपमा यो संस्कृतिले एक फरक सभ्यता र उदाहरण स्थापितगर्दै आएको छ । आगोको राकाँ बाल्ने बित्तिकै ठूलो  स्वरले घरका सबै परिवारहरुले कराउने छिमेकी गाउँलाई गाली गर्ने चलन रहेको छ । राँको बाली सकेपछि बनाईएका विभिन्न प्रकारका परिकारहरु खाने प्रचलन पनि छ । राँको बाल्ने समयमा  दमाहा, ताल समेत बजाउने चलन रहेको छ । 

जुम्ला सदरमुकाम र जिल्लाका गाउँबस्तीहरुमा एकैपटक आगोको राँको बालेर साउने संक्रान्तिको सन्देश दिने चलन अहिले पनि जिवित छ । करिब १ घण्टा गाउँका बस्तीहरु झलमलिएका थिए ।  एकै पटक सवबको घरमा परिवार सदस्य अनुसारको हजारौ आगोको राँका बालेर हेर्दाको दृश्य अच्चमित रहेको छ । 

खस संस्कृतिका जानकार तथा कनकासुन्दरी गाउँपालिका निवासी तुंंगनाथ उपाध्यायका अनुसार परम्परागत रुपमा नै चल्दै आएको यो प्रथाले निकै ठूलो सभ्यता बोकेको छ ।  साउन १ गते यो क्षेत्रमा स्थानीय विदा समेत गर्ने चलन रहि आएकोमा यस वर्ष कर्णाली प्रदेश सरकारले राजपत्रअनुसार साउन १ गते बिदा दिएको थियो  । 

पछिल्लो समयमा बढ्दो बजारीकरणले भने मानिसहरु छतमा स्थान नहुदा राँको सड्कमै बाल्न थालेका छन् ।  जुम्ला सदरमुकाममा नयाँ आधुनिक घरहरु निर्माण भएका कारण टिन र सिमेन्टको छत भएका घरहरुले आँगन र बाटोमा राँको बाल्ने चलनको निरन्तरता पछिल्लो पुस्ताले दिदै आएको छ ।

Author

नेत्र शाही