कपिलवस्तुको वाणगंगा नगरपालिकाको राजापानीमा डोरीको माध्यमबाट पोखरी पार गर्ने (पोण्ड क्रस विथ रोप) साहसिक खेल सम्पन्न भएको छ।
देशभरमा ४२ जिल्लाको ६५ स्थानमा असोज ३ गतेदेखि सञ्चालन भएको सुपथ मूल्य पसल आजबाट बन्द भएको छ ।
धार्मिक तथा पर्यटकीय महत्व बोकेको गायत्री मन्दिर परिषरमा निर्माण गरिएको आकर्षक पार्क अहिले झाडीमा रुपान्तरण भएको छ । वि.सं. २०७९ को चैत महिनामा रघुगंगा गाउँपालिका –३ पिप्ले अन्तर्गतको गायत्री मन्दिर परिषरमा पर्यटकीय पार्क निर्माण भएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैँ बिदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने हुनुभएको छ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा विपन्न पाँच जना दलित परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको छ ।
दसैँको सातौँ दिन महासप्तमीको अवसरमा पाँचथर जिल्लामा रहेका विभिन्न दसैँ घरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ।
मोरङको रतुवामाई–२ कस्टुचौकको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा–२ का वडासदस्य बघुलाल राजवंशीका अनुसार पोखरीमा नुहाउन जाने क्रममा आनन्दकुमार शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो ।
सत्तारुढ दल नेकपा (एमाले) ले पार्टीको नयाँ केन्द्रीय भवन निर्माण गर्ने निर्णय गरेको छ।
विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयरको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपत्कालीन ढोका) खोलेका छन्।
अर्जुनचौपारी गाउँपालिका–५ आरुचौरमा रहेको बालसिद्ध मोक्षद्वारी आश्रम डहरे देउराली मन्दिरमा ५० केजीको घण्टी राखिएको छ ।
बाँकेको खजुरा गाउँपालिका–४ ‘डी’ गाउँका समाजसेवी लीलबहादुर थापाले गाउँको एक विपन्न परिवारको घर निर्माण गरिदिनुभएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार अहिलेसम्म आठ लाख यात्रु दसैँ मान्न काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन् ।
दशैंको सातौँ दिन बिहीबार फूलपातीको बढाइँ टुँडिखेलमा विशेष समारोह सुरु भएको छ ।
दसैँ सुरु भएसँगै ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार सुनसान हुन थालेको छ। दसैँ चाड मनाउन गाउँघर फर्कनेहरूका कारण फुङ्लिङ बजार सुनसान बनेको हो।