• २४ असोज २०८१, बिहिबार

पोखरीमा डुबेर बालिकाको मृत्यु

blog

हरिप्रसाद कोइराला

उर्लाबारी, असोज २४ गते । मोरङको रतुवामाई–२ कस्टुचौकको पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । वडा–२ का वडासदस्य बघुलाल राजवंशीका अनुसार पोखरीमा नुहाउन जाने क्रममा आनन्दकुमार शर्माकी १२ वर्षीया छोरी सन्ध्या शर्माको मृत्यु भएको हो ।

नुहाउन सँगैगएकी अर्को बालिकाले खबर गरेपछि स्थानीयले बालिकाको उद्धार प्रयास गरेका थिए । माछा मार्ने जाल हानेर बालिकाको शव पोखरीबाट निकालिएको वडासदस्य राजवंशीले बताउनुभयो । ‘पौने १ बजेतिर हामीले थाहा पायौँ, थाहा पाउनासाथ उद्धारमा लाग्यौँ । बालिकाको शव झुर्कियास्थित नगर अस्पताल पठाइएको छ’ उहाँले भन्नुभयो ।