• २४ असोज २०८१, बिहिबार

दसैँघरमा बढाइँसहित फूलपाती भित्र्याइयो

blog

फूलपाती भित्र्याउनेक्रम। तस्बिरः राधा लुइटेल

राधा लुइटेल 

फिदिम, असोज २४ गते। दसैँको सातौँ दिन महासप्तमीको अवसरमा पाँचथर जिल्लामा रहेका विभिन्न दसैँ घरमा बढाइँसहित फूलपाती भित्र्याइएको छ। 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीसँगै जिल्ला प्रशासन कार्यालयका दसैँ घर र घर घरमा स्थापना गरिएका नव दुर्गा मन्दिरमा बिहान सात बजेको साइत पारेर फूलपाती भित्र्याइएको हो। फिदिम ४ स्थित गाडीमा रहेको सुम्हात्लुङ मन्दिरबाट फूलपाती लैजाने चलन छ।