• २४ असोज २०८१, बिहिबार

दसैँभर लुम्बिनीका मुख्यमन्त्री आचार्यले सरकारी गाडीको प्रयोग नगर्ने

blog

फाइल तस्बिर

गणेश खनाल

अर्घाखाँची, असोज २४ गते। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दसैँ बिदा अवधिभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने हुनुभएको छ। गृह जिल्ला अर्घाखाँची आउनुभएका मुख्यमन्त्री आचार्यले दसैँ बिदाभरी सरकारी सवारीसाधन प्रयोग नगर्ने मुख्यमन्त्री आर्चायले जानकारी दिनुभयो।

निजी सवारीसाधन प्रयोग गरेर जिल्लास्तरीय भेटघाट थाल्नु भएको प्रमुख स्वकीय सचिव कुशल भुसालले जानकारी दिनुभयो।

मुख्यमन्त्री सवार बा १ झ ७८९० नम्बरको गाडी नचढेर मुख्यमन्त्री आचार्य बा १६ च ३८४३ नम्बरको निजी सवारीसाधन चढ्न भएको हो।

त्यस्तै मुख्यमन्त्री आचार्यले सुरक्षामा प्रयोग हुने लु १ झ ४९८ नम्बरको गाडी दसैँ बिदाभरीका लागि फिर्ता गर्नुभएको छ। स्कटिङ्गमा प्रयोग हुँदै आएको सरकारी गाडी दाङमा फिर्ता पठाइएको छ भने मुख्यमन्त्री चढ्ने सरकारी गाडी जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा राखिएको जनाइएको छ।