लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेले अनावश्यक चेकजाँचको झन्झटका कारण बाह्य पर्यटकहरु लुम्बिनी भित्रिन नसकेको बताउनुभएको छ ।
नेपालीको महान् चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ। विजया दशमीका दिन नेपाली आफू भन्दा अग्रजबाट टीका, जमरा लगाएर आशीर्वाद लिने गरिन्छ।
आज दसैँको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भिड लागेको छ ।
आँबुखैरेनी गाउँपालिकाले प्लाष्टिकबाट बनेका फूल तथा माला विक्री वितरणमा रोक लगाएको छ ।
दसैं सुरु भएसँगै मासुका लागि बजारमा खसीबोका किन्नेको भीड लाग्दैआएको छ । अरु पर्वकोभन्दा दसैंमा मासु बढी खपत हुने हुनाले व्यापारीहरु काठमाडौंमा टाढा टाढाबाट खसी–बोका, च्याङ्ग्रा, भेडा तथा हाँस कुखुरा विक्रीका लागि ल्याउने गर्छन् । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरु काठमाडौंमा विक्रीका लागि व्यापारीहरुले ल्याउने गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्क लाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ ।
तनहुँको ऋषिङ गाउँपालिका –१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले दसैंमा पनि कामलाई निरन्तरता दिएको छ ।
सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।
भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ । बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’ सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गर्नुभएको थियो ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो ।
१७ वर्षअघि जिल्लामा स्थापना भएको आँखा उपचार केन्द्रबाट ज्येष्ठ नागरिकको उपचारमा सहज हुँदैगएको छ । आँखा उपचार केन्द (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) ले स्थानीय तहसँग सहकार्य गरेपछि ज्येष्ठ नागरिकले निःशुल्क र सहज उपचार पाएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको उत्पादन बन्द भएको छ।
उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो ।
बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।