• २४ असोज २०८१, बिहिबार

दसैँमा घर जाने चटारो (फोटो फिचर)

blog

काठमाडौँ, असोज २४ गते। नेपालीको महान् चाड विजया दशमी आउन मात्र दुई दिन बाँकी छ। विजया दशमीका दिन नेपाली आफू भन्दा अग्रजबाट टीका, जमरा लगाएर आशीर्वाद लिने गरिन्छ। 

जसका लागि आजसम्म काठमाडौँ उपत्यकासहित देशभरका सहरी क्षेत्रबाट घर फर्किनेको लर्को छ। काठमाडौँ उपत्यका लाखौँले छोडिसकेका छन्। 

रोजगारीको सिलसिलामा सहर पसेकाहरू पनि दसैँको अवसरमा हर्षोल्लासपूर्वक मनाउन गाउँ फर्किरहेका छन्। 

काठमाडौँको नयाँ बसपार्क, कोटेश्वर, कलङ्की लगायतका स्थानमा यात्रुको चाप धेरै देखिन्छ। टीका आउन अब मात्रै भोलिको दिन बाँकी रहेकाले पनि मानिस घर फर्किने क्रम बाक्लिँदै गएको छ। 

काठमाडौँ उपत्यकामा भने सवारीसाधन कम केही कम देखिन्छ। काठमाडौँका सडकमा बिस्तारै सवारीसाधन पातलिँदै गएका छन्। बसपार्कमा घर जाने र टिकट काट्नेको लाम भने बाक्लो छ। न्युज एजेन्सी नेपाल