• २४ असोज २०८१, बिहिबार

दसैँमा खसी–बोका र च्याङ्ग्रा किन्नेको भिड (फोटो फिचर)

blog

दसैँका लागि खसी–बोका र च्याङ्ग्रा किन्नेको भीड । तस्बिर : न्युज एजेन्सी नेपाल

गोरखापत्र अनलाइन

काठमाडौँ, असोज २४ गते । दसैँ सुरु भएसँगै मासुका लागि बजारमा खसी-बोका किन्नेको भीड लाग्दैआएको छ । अरू पर्वको भन्दा दसैँमा मासु बढी खपत हुने हुनाले व्यापारीहरू काठमाडौँमा टाढा टाढाबाट खसी–बोका, च्याङ्ग्रा, भेडा तथा हाँस कुखुरा विक्रीका लागि ल्याउने गर्छन् । पश्चिमी क्षेत्र मुस्ताङदेखि काभ्रेपलाञ्चोकसम्मका खसी, बोकाहरू काठमाडौँमा विक्रीका लागि व्यापारीहरूले ल्याउने गरेका छन् । 

विपद्का कारण सडक सञ्जालहरूमा क्षति हुँदा आवागमन असहज बनेसँगै पूर्वी क्षेत्रबाट भने यस वर्ष धेरै खसीबोका आएका छैनन् । काठमाडौँका भृकुटीमण्डप, बबरमहल, कलङ्कीको खसीबजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरू किन्ने क्रम अहिले जारी छ । काठमाडौँमा बिक्रीका लागि ल्याइएका खसी–बोका, च्याङ्ग्रा तथा कुखुरा, हाँसको व्यापार तातेको छ ।