नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
गाउँघरमा आधुनिक मनोरञ्जनको साधनको पहुँच नभएको समयमा बालन र सङ्गिनीको हाई हाई थियो ।
यहाँको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह सेमिफाइनलमा प्रवेश गरेका छन् ।
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ ।
वाङ्मय प्रज्ञा–प्रतिष्ठान, पाल्पाका अध्यक्ष गोपालप्रसाद बस्यालले आफ्ना पिता गुणाखर आमा यमकला बस्यालको चौरासी पूजाका दिन अङ्ग्रेजी भाषामा लेखिएका कविताको सङ्गालो ‘द जर्नी एन्ड अदर पोएम्स्’ सार्वजनिक गर्नुभएको छ ।
मकवानपुरे साहित्यकार डिबी बर्तौलाको मुक्तकसङ्ग्र्रह ‘उज्यालोका बाछिटा’ को विमोचन गरिएको छ ।
दाना लाग्ने समयमा धानको बालामा मरुवा रोगले आक्रमण गर्दा उत्पादन खस्कने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रले उठाएका सबै मुद्दामा सरकार गम्भीर रहेको बताउनुभएको छ ।
दाङमा बहुमूल्य वनस्पति केसरको व्यावसायिक उत्पादन थालिएको छ । करिब २४ लाख रुपियाँको लगानीमा ‘इन्डोर फार्मिङ’ गरेर दुर्लभ र बहुमूल्य जडीबुटी केसरको व्यावसायिक उत्पादन थालिएको हो ।
नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धान र अभियोजन प्रक्रियामा अबदेखि भर्चुअल विधिको प्रयोग गरिने भएको छ ।
पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशालाका सन्दर्भमा मारवाडी सेवा समितिले पाटन उच्च अदालतमा दायर गरेको रिटको सुनुवाइ स्थगित भएको छ ।
आन्तरिक विवादमा फसेको परोपकारी संस्था नेपाल रेडक्रस सोसाइटी नीतिगत र आर्थिक अनियमिततामा पनि जेलिएको पाइएको छ ।
मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ ।
यात्रुहरुलाई थप प्रभावकारी र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उद्देश्यले थाइल्यान्डले आफ्ना छ
दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।