समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले संविधानको मौलिक हकमा राखिएका उपभोक्ताका अधिकारलाई राज्यले कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिनुभएको छ ।
चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।
असोज पहिलो सातासम्म सेतीखोलाले धार परिवर्तन गरेर बग्दा शालिग्राम दर्शन गर्नका लागि समस्या देखा परेको थियो ।
पाकिस्तानका अर्थमन्त्री मुहम्मद औरङ्गजेबले जलवायु संरक्षणका लागि पाकिस्तानलाई सहयोग गर्न एशियाली विकास बैङ्क (एडिबी) को ५० करोड अमेरिकी डलर ऋणको लागि कृतज्ञता व्यक्त गर्नुभएको छ ।
स्थानीय नागरिकले लाभ लिने गरी रोयल्टीको बाँडफाँट गर्नुपर्नेमा एक कार्यक्रमका सहभागीले जोड दिएका छन् ।
पाल्पा रामपुर नगरपालिकाका झिनिया व्यवसायी रुद्रनारायण श्रेष्ठ र लक्ष्मी श्रेष्ठले थालनी गरेको झिनिया व्यवसाय लोभलाग्दो छ । यतिबेला झिनियाको व्यापारमा उहाँहरुको व्यस्त बढेको छ ।
चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।
तिहार नजिकिएसँगै धरानमा मादलको बिक्री बढेको छ । नेपालीले प्रयोग गर्ने सांस्कृतिक बाजामध्ये मादल पनि एक महत्वपूर्ण बाजाको रुपमा लिने गरिन्छ ।
यहाँको इलाम बजारका चोक र गल्लीमा छाडा कुकुरको सङ्ख्यामा वृद्धि भएको छ । कुकुरको सङ्ख्या वृद्धि मात्र नभइ छाडा कुकुरको टोकाइका घटना समेत वृद्धि भएको हो । छाडा कुकुरबाट मोटरसाइकल चालक तथा पैदलयात्री हैरानी खेप्न बाध्य भएका छन् । कुकुरको टोकाइबाट धेरै घाइते भएका छन् ।
निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।
यहाँको विष्णुपुर गाउँपालिका मलेकपुरस्थित सीता इँटा उद्योगमा काम गर्न ल्याइएका ४४ मजदुर अलपत्रमा परेका छन् । उनीहरु हाल राजविराज नगरपालिका–३ स्थित कल्टुपोखरी नजिकै निर्माणाधीन एक घरको भुइँमा बसेका छन् ।
सर्वोच्च शिखर सगरमाथा दृश्यावलोकन गर्ने स्थान कालापत्थर जाने क्रममा थकान मेट्न चिया पिउँदै सगरमाथालगायतका हिमाल हेर्दै पर्यटक ।
हत्या आरोपित फरार अभियुक्त मादी नगरपालिका–८ का राजकुमार तामाङलाई चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०७७ साल माघ १० गते छिमेकी रत्नबहादुर प्रधानको हत्याका आरोपित तामाङ फरार थिए । उनलाई आज पक्राउ गरिएको डिएसपी दक्षकुमार बस्नेतले बताउनुभयो ।
मुस्ताङको घरपझोङ गाउँपालिका ४ स्थित कालीगण्डकी नदी माथी बनाइएको एक शताब्दी पुरानो काठेपुल । यो पुलको सौन्दर्यकरण गरिनुका साथै जिर्णोद्वार समेत गरिएको छ ।