नेपालमा दोस्रो सातामा चलिरहेको चलचित्र ‘उपहार’ ले विदेशमा प्रदर्शनको सुरुवात गरेको छ । चलचित्रको पहिलो सो अमेरिकाको कोलोराडोमा गरिएको छ । जहाँ दर्शक राम्रो उपस्थिति रहेको अभिनेतृ एवं प्रस्तुतकर्ता रेखा थापाले जानकारी दिनुभयो । दर्शकको मागलाई हेरेर कोलोराडोमा १९ मार्चमा अर्को सो पनि राखिएको जनाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनलाई बढाएसँगै जरिबानामा पर्ने व्यावसायिक संस्थाको सङ्ख्या पनि बढेको छ । विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि फागुनसम्म तीन हजार ३०९ व्यवसायी फर्मको अनुगमन गरिएकोमा ८४२ वटा व्यवसायी फर्म जरिबानामा परेका हुन् ।
बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या नौ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मङ्गलरबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।
सामाजिक न्यायको विश्वव्यापी साझेदारीमा नेपाल सहभागी हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र आइएलओका नेपालका कार्यालयका निर्देशक नुमान ओज्कानबिच सोमबार भएको भेटमा मन्त्री अर्यालले सरोकारवालाको छलफलबाट सकारात्मक राय/सहमति प्राप्त भइरहेको सन्दर्भमा नेपाल सहभागी हुनेसम्बन्धी आवश्यक प्रक्रिया सुरु भइरहेको जानकारी दिनुभयो । त्यसअघि निर्देशक ओज्नाकले उक्त साझेदारीमा नेपालको सहभागिताको विषयमा चासो व्यक्त गर्नुभएको थियो ।
सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ ।
स्टार्टअप उद्यम कर्जाका लागि एक हजार ६५८ वटा आवेदन परेका छन् । औद्योगिक व्यवसाय प्रतिष्ठानले कर्जाका लागि गत माघ १९ गते खुलाएको आवेदनमा विभिन्न क्षेत्रका एक हजार ६५८ वटा आवेदन परेका हुन् । मुलुकमा रोजगार नपाएर दिनहुँ जसो ठुलो सङ्ख्यामा युवा विदेशतिर गइरहेका बेला स्वदेशमै उद्यमी बन्नका लागि स्टार्टअप उद्यम कर्जाका लागि प्रतिष्ठानमा आवेदन परेका हुन् ।
शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन अर्थ मन्त्रालयले बजारमा भुक्तानी बढाउन थालेको छ । पछिल्लो समय माग र खपत घट्दा समग्र बजार नै शिथिल अवस्थामा पुगेकोमा त्यसलाई चलायनमान बनाउन अर्थ मन्त्रालयले केही रकम बजारमा पठाउने निर्णय गरेको अर्थमन्त्री वर्षमान पुनले जानकारी दिनुभयो । नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँगको भेटघाटका क्रममा उहाँले यसका लागि आफू आइसकेपछि केही बक्यौता भुक्तानी पनि गरिसकेको बताउनुभयो ।
प्रतिनिधि सभाका पूर्वसभामुख तथा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले महारालाई सुन तस्करीमा दोषी ठहर गरेर मुद्दा चलाउन सिफारिस गरेपछि पक्राउ परेका महरालाई काठमाडौँ जिल्ला अदालतले चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो । ब्युरोले भने सात दिन मागेको थियो । महरा अस्वस्थ भएकाले हिरासतमा राख्ने अवधिमा अस्पतालमा राखेर अनुसन्धान गर्न पनि अदालतले आदेश दिएको छ । त्यस अनुसार महरालाई थापाथलीस्थित नर्भिक अस्पतालमा राखिएको छ ।
विदेशी विश्वविद्यालयको डिग्री र त्यहाँको सिप सिकेर फर्केका एक युवाले चितवनको माडीमा सुरु गरेको कृषि फार्म यतिबेला जिल्लाकै आकर्षक फार्ममा गनिएको छ । डेनमार्कबाट एग्रो बायोलोजीमा स्नातकोत्तर र हाइटेक अर्गानिक एग्रिकल्चरमा विद्यावारिधि गरेका विज्ञ डा. भानु पोखरेलले माडी नगरपालिका–४, खैरहनीमा माडी प्राङ्गारिक कृषि तथा अनुसन्धान केन्द्र स्थापना गरी तीन वर्षदेखि माडी खोलाको बगरलाई कृषिको सिकाइ केन्द्रका रूपमा विकास गर्नुभएको छ ।
एक महिनादेखि रोकिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम पुनः सुरु गर्ने सहमति भएको छ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको उपस्थितिमा मन्त्रालयका सचिव, सडक विभागका पदाधिकारी, सुरुङमार्ग आयोजनाका पदाधिकारी, सुरुङमार्गपीडित सङ्घर्ष समितिका अध्यक्षसहितको सोमबार बसेको बैठकले सो सहमति गरेको हो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले मङ्गलबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सचिव गणेश शाहले प्रधानमन्त्रीनिवास बालुवाटारमा मङ्गलबार बिहान पदाधिकारी बैठक बोलाएको जानकारी दिनुभयो । अवैध सुन प्रकरणमा आरोपित पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेपछि पदाधिकारी बैठक बोलाएको हुन सक्ने उहाँले बताउनुभयो ।
फागुनदेखि सुरु भएको डढेलो र आगलागीका घटना चैत लागेपछि एक्कासि बढेका छन् । घटना देशव्यापी रूपमा नै विस्तार भएका छन् । पछिल्लो २४ घण्टामा मात्र आगलागीका ५५ घटना भएका छन् । तिनमा परेर तीन जनाको ज्यान गएको र तीन जना घाइते भएका छन् । घटनामा चार करोड ८५ लाख रुपियाँ बराबरको आर्थिक क्षति भएको छ । हिउँद लागेसँगै आगलागी र डढेलासम्बन्धी विपत्का घटना बढ्ने भए पनि आवश्यक सावधानी अपनाउन नसक्दा बर्सेनि यसबाट हुने आर्थिक क्षतिको दर बढिरहेको छ ।
बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो ।
बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।