यस वर्षको तिहारका लागि दुई लाख वटा मखमली फूलको माला निर्यात हुने भएको छ । फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार यस वर्ष गत वर्षको भन्दा ५० हजार बढी माला निर्यात हुन लागेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक क्षेत्रको विकास र आधुनिकीकरणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र रोबोटिक्स प्रविधि अपरिहार्य बनेको बताउनुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बर्सेनि पाँच लाख रोजगारीको अवसर सिर्जना गर्न नसकेसम्म वैदेशिक रोजगारीको बाध्यता कायम रहने बताउनुभएको छ ।
नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले सङ्घीयता कार्यान्वयनमा राजनीतिक नेतृत्व इमानदार नहुँदा सङ्घीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको बताउनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, गुल्मीले अशक्तको घरमै पुगेर नागरिकता दिएको छ । सोमबार मदाने गाउँपालिका –४ निवासी ‘क’ वर्गका अपाङ्ग नारायण सेन ओलीलाई नागरिकता प्रदान गरेको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ४१ अङ्कले उकालो लागेर दुई हजार छ सय ४५ दशमलव ३६ मा पुगेको छ ।
प्रदेश सरकारले धनकुटाबाट सञ्चालन गरेका सेवा कार्यालयबाट प्रभावकारी काम नभएको सरोकारवालाहरूले बताएका छन् ।
गत अगस्टमा अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई हटाउन आन्दोलन गरेको समूहले बङ्गलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनलाई राजीनामा दिन दबाब परेको स्थानीय सञ्चारमाध्यमहरूले सोमबार जनाएका छन् ।
जिल्लामा बालिकामाथि जबरजस्ती करणीको प्रयास भएको छ । जबरजस्ती करणी प्रयास गर्ने जिल्लाको सान्नीत्रिवेणी–२ का रमेश तिरुवाविरुद्ध जिल्ला प्रहरीमा उजुरी परेपछि घटना बाहिर आएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपाल उद्योग तथा व्यवसायी महासङ्घले मुलुकको अर्थतन्त्र सुधारका सम्बन्धमा निजी क्षेत्रका साझा सवाल समेटेर ४० पृष्ठ अवधारणापत्र बुझाएको छ ।
इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले इजरायल र हमासबिच एक वर्षभन्दा लामो युद्धपछि ‘पूर्ण युद्धविराम’ हासिल गर्ने उद्देश्यले गाजामा दुई दिने युद्धविराम र बन्धक आदानप्रदानको प्रस्ताव गर्नुभएको छ ।
केही वर्ष पहिलेसम्म तिहार र दीपावलीका लागि भारतबाट फूल आयात गर्नुपरेकोमा हाल आएर जिल्लामै पुष्प उत्पादनमा वृद्धि हुँदै गएपछि अहिले स्वदेशी फूलले बजार ओगटेको छ ।
नवलपुरमा व्यावसायिक फूल खेतीमा यहाँका युवाहरू जुटेका छन् । विगत पाँच वर्षदेखि स्थानीयस्तरमा सयपत्री फूलको व्यावसायिक रूपमा खेती गर्न युवा लागि परेका हुन् ।
सडक डिभिजन कार्यालय पोखराले आफ्नै जनशक्तिको प्रयोग गरेर सिद्धार्थ राजमार्ग मर्मत गरेको छ । स्याङ्जाको फेदिखोला–१ कुभिण्डेदेखि भीरकोट–१ बयघारी सम्म मर्मत गर्ने लक्ष्य अनुरूप यहाँको ३३ किमी भित्रको सडक मर्मत गरेको हो ।