• १३ कात्तिक २०८१, मङ्गलबार

बझाङमा जीप दुर्घटना, चारजना घाइते

blog

चैनपुर (बझाङ),  कात्तिक १२ गते ।  बझाङमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । 

तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुरतर्फ आउँदै गरेको बा१८च ५१४९ नम्बरको जिप भोपूरमा दुर्घटना भएको हो । सात जना यात्रु चढेको उक्त जिप तीव्र गतीका कारण सडकमै पल्टिएको हो । दुर्घटनामा घाइते हुनेहरुमा जिपका चालक तलकोट गाउँपालिका–१ का ५६ वर्षीय वीरबहादुर बम, सोही ठाउँकी ४५ वर्षीया धनलक्ष्मी बम, जयपृथ्वी नगरपालिका–११ का १७ वर्षीय शङ्कर धामी र सोही ठाउँका २५ वर्षीया विद्या बोहोरा रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।

घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । रासस