वासिङ्टनले उत्तर कोरियाले १० हजार सैनिक रुसमा तालिमका लागि पठाएको र सम्भवतः केही हप्तामै युक्रेनविरुद्ध लड्ने सम्भावना रहेको बताएको छ ।
भारतको एक मन्दिरमा पटाका प्रदर्शनी गर्दा भयानक विस्फोटमा परिणत भएपछि करिब एक सय जना अस्पताल भर्ना भएका र आठ जनाको अवस्था गम्भीर रहेको प्रहरीले मङ्गलबार बताएको छ ।
तनहुँमा ५९ जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेका छन् ।
नेपाल हिमालय सीमापार वाणिज्य सङ्घले चीनको ग्वाङजाओ प्रान्त र ल्हासा प्रान्तका महावाणिज्यदूतहरुलाई नेपाली व्यापारी व्यवसायीले चीनमा भोग्नुपरेको समस्या समाधानमा लाग्न आग्रह गरेको छ ।
जिल्लामा एक वर्षको अवधिमा चार जना प्रमुख जिल्ला अधिकारीको सरुवाले यहाँका नागरिकहरु असन्तुट भएका छन् । २०८० साउन २४ गते पदस्थापन भएका प्रजिअ सुरेश सुनारको २०८० चैत १६ गते सरुवा भएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पूर्वाधार निर्माणमा हुने ढिलासुस्तीलाई सरकारले नसहने बताउनुभएको छ । निर्माणको जिम्मा लिने तर समयमा काम सम्पन्न नगर्ने प्रवृत्तिलाई अन्त्य गर्ने योजना सरकारले बनाएको जानकारी दिदै उहाँले ढिलासुस्तीलाई नसहने स्पष्ट पार्नुभयो ।
मनाङ ङिस्याङ गाउँपालिका-६ स्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको प्राकृतिक गङ्गापूर्ण ताल पछिल्लो समयमा पुरिँदै गएको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग (टिआरसी) को अध्यक्ष तथा सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रिया, २०८१’ को मस्यौदा कात्तिक १४ गतेभित्र उपलब्ध गराउन निर्देशन गरेको छ ।
बागमती मुख्यमन्त्री बहादुरसिंह लामा ९तामाङ०ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो । ट्रयाक खोलिएको करिब २० वर्षपछि सुरु भएको कालोपत्र कार्यले दुई जिल्लाका ग्रामीण क्षेत्रलाई बजारीकरणसँग जोड्दै कृषि उब्जनीको बजारीकरणमार्फत अर्थतन्त्र बलियो बनाउन उल्लेख्य योगदान पुग्ने सो अवसरमा मुख्यमन्त्री तामाङले विश्वास व्यक्त गर्नुभयो ।
लुम्बिनी प्रदेश सरकार उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत निर्माण भइरहेका पर्यटकीय पूर्वाधारको अवलोकनका लागि मुख्यमन्त्री आचार्य मंगलबार बाह्रकुने दह पुग्नु भएको हो ।
जिल्लाको रम्भा गाउँपालिका –३, मा ट्रक अनियन्त्रित भई अर्को ट्रकलाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । ठक्कर दिने ट्रक चालक रम्भा गाउँपालिका –३ पाल्पाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पछिल्ला वर्षहरुमा माटोमा अम्लीयपन बढ्दै गएकोमा यस वर्ष भने माटोको अम्लीयपन घटेको पाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।
घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ ।
घना जङ्गलको शिरमा समथर घाँसेमैदान । पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन । बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनमोहक दृश्य । शरदयाममा खुलेका आकाश । वन्यजन्तु र पक्षीहरुको आवाज । शान्त र एकान्त वातावरण ।