नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ ।
पप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई झुटा समाचारबाट जोगाउन आग्रह गर्नुभएको छ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा फुङ्फुङे झरना पर्यटन मेला आयोजना गरिने भएको छ ।
काठमाडौँ महानगरपालिकाले साफ महिला च्याम्पियनसिप (साउथ एसियन फुटबल फेडेरेसन वुमन्स कप) २०२४को फाइनल खेल तीन ठाउँमा प्रत्यक्ष प्रसारण गर्ने भएको छ । बुधबार साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने नेपाल–बंगलादेशबिचको फाइल खेल तीन ठाउँबाट महानगरले प्रत्यक्ष प्रसारण गर्न लागेको हो ।
सुनसरीको चतराधामबाट ‘पन्ध्र दिवसीय वराहक्षेत्र परिक्रमा पदयात्रा’ सुरु भएको छ ।
धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डले विश्व लगानीकर्ता सप्ताह–२०२४ कात्तिक ६ देखि १२ गतेसम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ ।
‘प्राकृतिक फूलमाला प्रयोग गरौं, स्थानीय उत्पादनलाई प्रोत्साहन गरौं’ भन्ने नाराका साथ तिहारको उपलक्ष्यमा गाउँपालिकाद्धारा आँबुखैरेनी बजारमा बुधबारबाट पुष्प प्रर्दशनी गरिएको हो ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई प्यालेस्टिनी शरणार्थीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय एजेन्सी (युएनडब्लुए) लाई प्रतिवन्ध लगाउने कानुनको विरोध गर्दै पत्राचार गर्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बेलुका १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाउने सूचना जारी गरेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाको पार्टीले १५ वर्षयताकै सबैभन्दा खराब चुनावी नतिजा भोगेपछि बुधबार गरिएको नयाँ सर्वेक्षणले सत्तारुढ गठबन्धनप्रतिको समर्थन अझ कम भएको देखाएको छ ।
काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके काठमाडौँ महानगरपालिकालाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गर्नुभएको छ । बुधबार सिंहदरबार वैद्यखानाको ३० औं वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लागूऔषध गाँजासहित प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । गाँजा र चार सुल्पासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
इलामको सूर्योदय नगरपालिकामा रहेको करफोक विद्या मन्दिर माध्यमिक विद्यालयमा निर्माण गरिएको कृषि अनुसन्धान केन्द्र सहितका भौतिक संरचनाको उद्घाटन गरिएको छ ।
हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार मगंलबारदेखि विधिवत् रुपमा सुरु भएको छ । आज बुधबार काग तिहार यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रुपमा मान्ने शास्त्रीय विधान छ ।
रुकुमपश्चिममा रहेको नेपाली सेनाको श्री चण्डीदल गणमा सञ्चालित सैन्य आधार तालिमको बुधबार दिक्षान्त समारोह सम्पन्न भएको छ । गणमा सञ्चालन भएको सि.सं. ६ सैन्य आधार तालिमको दिक्षान्त समारोहमा ७६ जना सैन्यहरु सिपाहीमा दिक्षित हुनुभएको हो ।