रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका –३ र ५ मा फैलिएको स्यार्पूतालमा सञ्चालित मोटर स्पीडबोट र डुङ्गाहरु अनुमति बिनै सञ्चालन भएको भन्दै बन्द गरिएको छ ।
चाडपर्वको समयमा घोराही उपमहानगरपालिका –१४ झिंगौरा निवासी जुठे बादीले मादल बिक्री गरेर राम्रो आम्दानी गर्दै आउनुभएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले मोटर साइकलको स्वरुप परिवर्तन गर्ने चालकविरुद्ध विशेष अप्रेसन सुरु गरेको जनाएको छ ।
गोरखापत्र संस्थानमा विधिपूर्वक लक्ष्मीपूजाको आयोजना गरिएको छ । संस्थानको सङ्घीय कार्यालय धर्मपथ काठमाडौँमा बिहीबार बिहान पण्डित पुष्करराज आचार्यले पूजा सम्पन्न गर्नुभएको हो ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत मोरङको पथरीशनिश्चरे १० शिविरडाँडाबाट शनिश्चरे बजार–गान्धीआश्रम–टकुवा हुँदै रङ्गेली जोड्ने गान्धी मनमोहन मार्ग पाँच वर्षदेखि लथालिङ्ग भएको छ ।
‘विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत हुने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गर्नुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–१७ मा रहेको शिवम् सिमेन्ट प्रालिमा कार्यरत एकजना भारतीय नागरिकको मृत्यु भएको छ । भारत इलाहाबाद घर भएका २८ वर्षीय डा. वनवासीको बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्लाको जोगबुडा क्षेत्रको परशुराम नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । कञ्चनपुरसँग सिमा जोडिएको चुरे क्षेत्र परशुराम नगरपालिका –६ छेलाको तातोपानीमा मोटरसाइकल दुर्घटना हुँदा वडा ४ कटाल गाउँका २८ वर्षीय भुपेन्द्र भट्टको मृत्यु भएको हो ।
राहुगङ्गा नदीमा निर्माणाधीन ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना निर्माणका अन्तिम चरणमा पुगेको छ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा बाँध र वडा नम्बर ४ दग्नामको फेदीमा विद्युत्गृह रहेको आयोजनाको चार हजार नौ सय मिटर लामो सुरुङ ‘लाइनिङ’ भइरहेको छ ।
नरक चतुर्दशी पनि भनिने कात्तिक कृष्ण चतुर्दशीका दिन बिहीबार बिहान स्नान, दानका साथ दीपदान गरी मनाइएको छ । सूर्योदय अगावै स्नान गरेर सालको पातमा यमदीप दक्षिण दिशामा फर्काएर बगाइएको छ । यसलाई नरक स्नान गर्ने र नरक बगाउने पनि भनिन्छ ।
जिल्लाको भित्रिमधेश क्षेत्रमा अरिङ्गालले टोक्दा एक जना पुरुषको मृत्यु भएको छ ।
बैतडीकी रुबी चन्द २० वर्षको उमेरमै सार्वजनिक सवारी साधन चलाउँने जिल्लाकै साहसी महिला ‘ड्राइभर’ बन्नु भएको छ । रुबीले सार्वजनिक सवारी हाँकेको देखेर सर्वसाधारण मात्रै होइन, ट्राफिक प्रहरीसमेत छक्क पर्ने गरेका छन् ।
नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीको कार्यालय उद्घाटन गरिएको छ । एमाले स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले कार्यालयको बिहीबार उद्घाटन गर्नुभयो ।
मकवानपुरको मनहरी–७ रमौलीका किसान हरि शरण अर्यालको बारीमा मनै लोभ्याउने गरी गरिएको सयपत्री फूलखेती । कलकत्ते जातको सयपत्री फूलको खेती गर्नुभएका अर्याललाई अहिले फूल बिक्री गरेर भ्याइनभ्याइ छ ।