रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीका बारीका पाटाहरू अहिले सयपत्री फूलले ढाकेको छ ।
मोरङको सुन्दरहरैँचा–५ तीनपैनीका कृष्णबहादुर शाहीको मृत्युपछि उहाँका पाँच जना छोरीहरू र आमा टीका दशगात्र किरियामा बस्नु भएको छ ।
तिहारमा काठमाडौँ हलचोकबाट देखिएको काठमाडौँ बतीको झिलिमिली।
घोराही उपमहानगरपालिका–१३ डुमरगाउँ निवासी इन्द्रा बुढालाई अहिले सयपत्रीको माला बुन्न भ्याइनभ्याइ छ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवतले नेपालको राष्ट्रिय भावना, स्वाभिमान, स्वाधीनता, आत्मसम्मान र मौलिक संस्कृतिको प्रतिनिधित्व गर्ने भएकाले यसलाई राष्ट्रिय मान्यता प्रदान गरिएको बताउनुभएको छ।
नेपालगन्जस्थित नेपालगन्ज भन्सार कार्यालयमा भन्सार परीक्षणलाई पारदर्शी र छिटोछरितो बनाउनका लागि भनेर ल्याइएको लगेज स्क्यानर मेशिन बिग्रेर अलपत्र अवस्थामा रहेको छ ।
थाई एयर एसियाको यही कात्तिक १८ गते आइतबारदेखि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट एकसाथ उडान सञ्चालन गर्ने भएको छ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले तथ्यहीन र एकपक्षीय सूचना सम्प्रेषणले पत्रकारितामाथि धावा बोलेको बताउनुभएको छ ।
वयलपाटाबाट बाजुरा गइरहेको बलेरो जिप रिडिकोटमा दुर्घटना हुँदा बाजुराका चार जना घाइते भएका छन्।
पोखरा महानगरपालिकाको २६ औँ कार्यपालिका बैठकले मङ्सिर १ गतेबाट करारमा कार्यरत ३५ कर्मचारीलाई बिदाइ गर्ने निर्णय गरेको छ ।
खोटाङमा युवाहरुको समूहले तिहारमा माइती जाने चेलीलाई निःशुल्क बाइक सेवा उपलब्ध गराउने भएको छ । आर्थिक अवस्था कमजोर भएका वा समस्यामा परेका चेलीलाई मोटरसाइकलमा निःशुल्क माइतीघर पुराइदिने युवाहरुको अभियान रहेकोछ ।
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि नजिकै रहेको काठेखोला गाउँपालिका–३ धम्जा देराली जोड्ने सडक स्तरोन्नति गर्न थालिएको छ ।
सरकारले काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका–७ र ८ मा विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने घोषणा गरेको तेह्र वर्ष पुरा हुँदा पनि सेज निर्माणको कामले पूर्णता पाउन सकेको छैन ।
रारा विमानस्थलमा निर्माणाधीन टर्मिनल भवन अन्तिम चरणमा पुगेको छ । खानेपानी तथा सरसफाइ, रङ्गरोगनबाहेक भवन निर्माणको सबै काम सकिएसँगै टर्मिनल भवन अन्तिम चरणमा पुगेको हो ।
१५ शैयाको उक्त जिल्ला अस्पतालमा १८ जनाको दरवन्दी रहेको भए पनि दरवन्दीका चार जना मात्रै हाल अस्पतालमा कार्यरत छन् ।