• १९ पुस २०८१, शुक्रबार

५९ जनालाई वैदेशिक रोजगार छात्रवृत्ति

blog

जिल्ला प्रशासन कार्यालयस्थित आप्रवासी स्रोत केन्द्र ।

अमरराज नहर्की

तनहुँ, कात्तिक १३ गते । तनहुँमा ५९ जना विद्यार्थीले वैदेशिक रोजगार छात्रवृत्ति प्राप्त गरेका छन् । वैदेशिक रोजगारीमा गई कामको सिलसिलमा ज्यान गुमाएका वा अङ्गभङ्ग भएर फर्किएका कामदारका छोराछोरीले सो सङ्ख्यामा छात्रवृत्ति पाएका हुन् । 

कक्षा ८ देखि १२ सम्म अध्ययन गर्ने ३७ जनाले वार्षिक १६ हजार र कक्षा नर्सरी देखि ७ कक्षा सम्म अध्ययन गर्ने २२ जनाले वार्षिक १२ हजार छात्रवृत्ति प्राप्त गरेको  जिल्ला प्रशासन कार्यालय स्थित आप्रवासी स्रोत केन्द्रको परामर्शदाता गोमा तिवारीले जानकारी दिनुभयो ।

तिवारीका अनुसार वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारमा गई ज्यान गुमाएका तथा पूणर् अशक्त भएका व्यक्तिका सन्तानहरुलाई छात्रवृत्तिको लागि निवेदन माग गरिरहेकोले हाल सम्म ३७ जनाले छात्रवृत्तिको लागि निवदेन दिएका छन् । 

बोर्डले सूचना जारी गर्दै श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई करार अवधिभित्र मृत्यु भएका वा पूणर्रुपमा असक्त वा गम्भीर बिरामी भएका कामदारको छोराछोरीका लागि छात्रवृत्ति प्रदान गर्न आवेदन आव्हान गरे बमोजिम ३७ जनाले निवेदन दिईसकेका छन् । छात्रवृत्ति कात्तिक मसान्त भित्र निवेदन दिन सक्नेछन् । सामुदायिक तथा संस्थागत विद्यालयमा पूर्व प्राथमिक कक्षा, नर्सरी वा सो सरहदेखि कक्षा १२ सम्ममा अध्ययरनरत १८ वर्ष मुनीका बालबालिकाले निवेदन दिन पाउँछन् । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गई मृत्यु वा अंगभंग वा बिरामी भई वैदेशिक रोजगार बोर्डबाट शत प्रतिशत आर्थिक सहायता लिएका कामदारका छोराछोरीले निवेदन दिन पाउनेछन् ।

बोर्डबाट वार्षिक रुपमा आधारभूत तहका लागि १२ हजार र माध्यमिक तहका लागि १६ हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिदैँ आएको छ । वैदेशिक रोजगारीको क्रममा मृत्यु वा अङ्गभङ्ग भई वैदेशिक रोजगार बोर्डबाट शतप्रतिशत आर्थिक सहायता रु।७ लाख क्षतिपूर्ति प्राप्त गरेका कामदारका छोराछोरीले छात्रवृत्तिका लागि आवेदन दिन मिल्छ ।