• १३ कात्तिक २०८१, मङ्गलबार

अफगानिस्तानमा गाडी नदीमा खस्दा आठ जनाको मृत्यु

blog

तिरिनकोट, कात्तिक १२ गते । दक्षिणी अफगानिस्तानको उरुजगान प्रान्तमा एउटा काठको पुलबाट गाडी नदीमा खस्दा कम्तीमा आठ यात्रुको मृत्यु भएको छ ।

स्थानीय समयअनुसार सोमबार बिहान ३ः०० बजे प्रान्तको ग्याजाब जिल्लाको बाहिरी भागमा रहेको काठको पुल भारी तौलका कारण भाँचिएर दुर्घटना भएको सूचना तथा संस्कृति प्रान्तीय निर्देशक आगा वली कुरिशीले बताउनुभयो ।

पुलको जीर्ण अवस्था, ओभरलोडिङ र लापरवाही सवारीसाधन यस दुर्घटनाको मुख्य कारण मानिएको छ । पहाडी मध्ये एसियाली देश अफगानिस्तानमा सडक दुर्घटनाहरू सामान्य छन् । प्रायः खराब ड्राइभिङ, भीडभाड, सडकहरूमा यात्रुहरूका लागि सुरक्षा उपायहरूको अभाव, चुनौतीपूर्ण भू–भाग र पुराना सवारी साधनहरूको कारणले गर्दा दुर्घटना हुनेगर्छ । रासस, सिन्ह्वा