नेपाल सरकारले भ्रष्टाचार निवारण ऐन, २०५९ को पहिलो संशोधन तथा अख्तियार दुरुपयोग अनुसन्धान
पेरोल काव्य घर (साहित्य विभाग) र झ्याउरे छन्दलय कविता लेखन पुनर्जागरण अभियानको संयुक्त आयोजनामा ‘झ्याउरे छन्दलय कविता वाचन’ काभ्रेमा सम्पन्न भएको छ ।
लुम्बिनी लायन्सले सोमबार अभिनेता राजेश हमाललाई एनपिएलका लागि आफ्नो सद्भावना दूत घोषणा गरेको छ ।
नयाँ नेपाली म्युजिक भिडियो ‘धेरै दिन’ सार्वजनिक भएको छ । महेश खड्काको रचना तथा सङ्गीतमा तयार पारिएको गीतमा सुशीला बस्नेत तिमिल्सिनाको स्वर रहेको छ ।
रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । रामपुरका तीन सय सात जना किसानले अनुदानमा गहुँको बीउ प्राप्त गरेका छन् ।
महिला राष्ट्रिय फुटबल टिमकी क्याप्टेन तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ को आधिकारिक पोस्टर सार्वजनिक भएको छ ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा मनाइएको छ । जात्रामा यस क्षेत्रका नेवार मात्र नभएर अन्य समुदायको पनि उल्लेखनीय सहभागिता रहने गर्छ ।
स्थानीय स्तरमा प्रशस्त मात्रामा पाइने कोदोबाट मदिरा बनाएर बिक्री गर्न स्थानीय पालिकाले पहल थालेका छन् ।
पूर्वी नवलपरासीको गैँडाकोटमा गण्डकी प्रदेशस्तरीय दोस्रो महोत्सव सोमबार सुरु भएको छ । महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको हो ।
कोशी प्रदेशकै सबैभन्दा ठुलो दाबी गरिएको युनिक लाइभस्टक इन्टरप्राइजेजले वार्षिक बाख्राका चार सय पाठापाठी बिक्री गरिरहेको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका सदस्य सचिव तथा सदस्यहरू मनोनयन गरी दुई विभागलाई पूर्णता दिनुभएको छ।
पूर्वी पहाडका किसानको आम्दानीको मुख्य स्रोत बनेको अलैँची स्थानीय बजारमा प्रतिमन एक लाख रुपियाँका दरले कारोबार भएको छ । अलैँचीले यस्तो उच्च मूल्य १२ वर्षपछि पाएको हो ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरी यो पर्व मनाइँदै छ ।
पन्ध्रौं शताब्दीतिर सुरु भएको मानिने बागलुङ, ताराखोलाको ‘भुस पोल्ने पर्व’लाई स्थानीय मगर समुदायले धुमधामसँग मनाएका छन् । बर्सेनि कात्तिक २४ गतेदेखि सुरु हुने यो पर्व सोमबार ‘छापे’ खनेसँगै सकिएको हो ।
राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपालको अध्यक्ष प्रा डा श्रीराम अधिकारी निर्विरोध निर्वाचित हुनुभएको छ । परिषद्को सोमबार वैदिक अनुसन्धान गुठी गौरीघाटमा बसेको बैठकले अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।