जापानले सन् २०३० को दशकको सुरुमा सबै नयाँ यात्रुवाहक कारलाई जैविक इन्धनयुक्त बनाउन कार निर्माताहरूलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ ।
काठमाडौँको बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको भिड लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।
सुनसरीका किसानहरु केही वर्षयता तोरी खेतीप्रति आकषित भएका छन् ।
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै अपेक्षा गरेका बताउनुभएको छ ।
पहाडी र हिमाली जिल्लामा मात्र उत्पादन हुँदै आएको कोदो बाली तराईको गर्मी मानिने बाँके जिल्लामा पनि उत्पादन गर्न सफल परीक्षण गरिएको छ।
स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सय रुपियाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला एक लाख ६५ हजार रुपियाँमा कारोबार भएको छापावाला सुन मङ्गलबार एक लाख ६२ हजार ६ सय रुपियाँमा किनबेच भइरहेको छ ।
चन्द्रागिरि नगरपालिकाको बलम्बुमा महालक्ष्मी जात्रा सुरु भएको छ । बलम्बु महालक्ष्मी जात्रा काठमाडौँ उपत्यकाको प्राचिन र महत्त्वपूर्ण जात्रा हो ।
गोरखामा असार, साउन र भदौ महिनामा परेको अत्याधिक अविरल वर्षाका कारण भत्किएका ग्रामिण सडक मर्मत भएको छ ।
पछिल्ला वर्षमा ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । आठ हजार पाँच सय ८६ मिटरको सो हिमाल विश्वकै तेस्रो अग्लो हो । आन्तरिक तथा बाह्य पर्यटक दुवैको उपस्थितिले यस क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उचाइ थपेको छ ।
हरिबोधनी एकादशीको अवसरमा पाल्पा र स्याङ्जा जिल्लाको सङ्गमस्थल राम्दीमा स्नान गर्ने भक्तजनको भिड लागेको छ ।
कन्जरभेटिभ पार्टीहरुको अन्तर्राष्ट्रिय संस्था एशिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ । अस्ट्रेलियामा हालै सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा.गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)लाई पक्राउ गरिएको छ । स्थानीय सानोभ–याङबाट निजलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।
तोकिएकै मितिमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नहुने निश्चितजस्तै भएको छ । सरकारले तोकिएकै मितिमा प्रतियोगिता आयोजना गर्न नसक्ने जनाइएको छ । एकातर्फ तोकिएकै मितिमा प्रतियोगिता नहुने भएको छ भने अर्कोतर्फ नयाँ मिति समेत घोषणा नहुनुले त्रास सिर्जना गराएको छ ।
मदन भण्डारी राजमार्ग अन्तर्गत धुलियाबिटभेडाबारी सडकखण्डको सुर्खेतको गुर्भाकोट नगरपालिका १०, भेडाबारीमा भेरीनदीमाथि बनेको मोटरेबल पुल ।
नवलपुर, कात्तिक २७ गते । हरिबोधिनी एकादशीका अवसरमा मङ्गलबार नारायणी नदीमा स्नान गर्दै भक्तजन । एकादशी पर्वको अवसरमा आज नवलपरासी [बर्दघाट–सुस्तापूर्व]को शिख्रौलीघाट, घुमारीघाट, पिठौली, केउरेनी, गुन्द्रही, बालीघाट, त्रिवेणीलगायतका तीर्थस्थलहरूमा विशेष मेला लाग्ने गर्दछ । तस्विरः रासस