नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रुपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मारमा परेको बताउनुभएको छ ।
दोलखाको गौरीशङ्कर गाउँपालिकामा आउँदो मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी बढ्दै गएको छ ।
मधेश प्रदेशको सात स्थानमा उपनिर्वाचन हुन गइरहेको छ । ती स्थानमा उम्मेदवार बनाउन नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले जिल्ला कार्यसमितिको सिफारिस अनुसार उम्मेदवार टुङ्गो लगाउने निर्णय गरेको छ ।
हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित टायर रिपियर पसलमा टायर पड्कँदा एक जनाको मृत्यु र अन्य छ जना घाइते भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ शिखर सम्मेलन ९कोप–२९०लाई आज सम्बोधन गर्दै हुनुहुन्छ ।
लुम्बिनी विकास कोषको परिषद् बैठकले आर्थिक वर्ष २०८१र८२ को बजेट पारित गरेको छ । कोषका अध्यक्ष संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकले बजेट पारित गरेको हो । परिषद्ले रु ७७ करोड ५५ लाख ९२ हजारको आयव्यय अनुमानित बजेट पारित गरेको हो ।
कमला नदीमा बाँसको खम्बा र प्लाइउड ठोकेर पुल बनाएको छ ।
विराटनगर, कात्तिक २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्दा बनाउन नहुने बताउनुभएको छ । विराटनगरमा सोमबार साँझ पत्रकारहरूको जिज्ञासामा उहाँले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी हो भन्नुभयो । प्रधानमन्त्री ओलीले अहिले अमेरिकी स्टेट सपोर्ट प्रोग्राम [एसपिपी]को कुनै कुरा वा चर्चा नै नभएको बताउनुभयो । संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा उहाँले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाउनुभयो । सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानको १३औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्कनुभएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले ‘ब्रेन डेथ’ भएका व्यक्तिको विभिन्न अङ्ग अन्य व्यक्तिमा प्रत्यारोपण गरेर उपचार गर्नका लागि आवश्यक तयारी भइरहेको बताउनुभएको छ ।
भिरमौरी संरक्षणमा खोटाङको केपिलासगढी गाउँपालिका–३, बाँसपानीका स्थानीय जुटेका छन् ।
भूकम्पबाट प्रभावित क्षेत्रका जनप्रतिनिधिले पुनर्निर्माण सुरु नहुँदा स्थानीय बासिन्दा सङ्कटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
मकवानपुरको राक्सिराङ गाउँपालिकामा छुट्टाछुट्टै स्थानमा भिरबाट लडेर एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजना अन्तर्गत बेनी–जोमसोम–कोरला सडक अन्तर्गत माथिल्लो मुस्ताङको चराङ खोलामा पक्की मोटरेबल पुल निर्माण सम्पन्न भएको छ ।
मौसमी फलको रूपमा रहेको सिङ्गडा खेतीबाट कपिलवस्तु नगरपालिका १ कहार टोलका कमलेश कहार मनग्य आम्दानी गर्दै आइरहेको छन् ।
प्युठानका युवा सोरठी नृत्य जगेर्ना गर्ने अभियानमा जुटेका छन् ।