लुम्बिनी प्रदेशमा विभिन्न विपद्बाट रु पाँच करोड ५० लाखभन्दा बढी क्षति भएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी गङ्गाधर पाण्डेयका अनुसार विपद्का कारण चालु आर्थिक वर्षको कात्तिकसम्म रु पाँच करोड ५८ लाख ५२ हजार बराबरको क्षति भएको हो ।
पछिल्लो समय सडक बिस्तारका नाममा ट्याक खोलिएका सडकमा दुर्घटना बढिरहेका छन् । स्थानीय सरकारले विकासको पहिलो योजना गाउँमा सडक बिस्तारलाई राख्ने र ट्याक खोल्ने गरेको छ । तिनै सडकको यात्रा अहिले मानव धराप बनिरहेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।
सर्वोच्च अदालतको आदेश पुनरवलोकन गर्न माग गर्दै प्रशासन सेवाका शाखा अधिकृतहरूले सिंहदरबारभित्रै आन्दोलन सुरु गरेका छन् ।
विद्यालय तहमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने दिवा खाजामा स्थानीय उत्पादन प्रयोग गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणको पूर्वसन्ध्यामा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल मङ्गलबार बेइजिङ जान लागेको छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले प्रदेश सरकारको कामलाई स्थापित गर्न प्रभावकारी सूचना प्रवाह जरुरी रहेको बताउनुभएको छ ।
टीकापुर नगरपालिका –९ की ५५ वर्षीया महिलालाई बोक्सीको आरोपमा दुर्व्यवहार भएको छ । कात्तिक २२ गते बिहीबार राति छिमेकीले बिरामी बालिकालाई फुकाउन धामीको घर गैदिनु भनेपछि सँगै गएकी ती महिलालाई टीकापुर नगरपालिका –७ का धामी सुनिल मिस्त्रीले बोक्सीको आरोप लगाइ दुर्व्यवहार गरेको ती महिलाले बताउनुभयो ।
करेन्ट लागेर गम्भीर घाइते कैलालीमा एक महिलाको उपचारको क्रममा आज ज्यान गएको छ । गोदावरी नगरपालिका –१ बसन्तपुरकी ३८ वर्षीया जागुदेवी बोहराको ज्यान गएको हो ।
लाल आयोगको प्रतिवेदन : काटिएका उद्योगको बिजुली जोडिने
प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुको काटिएको विद्युत लाइन नजोडिएको विषयलाई हेर्दै जाने बताउनु भएको छ ।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटका लागि लुम्बिनी लायन्सले नायक राजेश हमाललाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
प्रतिनिधि सभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि संशोधनकर्ता सांसदसँग छलफल गरेको छ ।
प्रथम काठमाडौँ महानगरपालिका उपमेयर कप उपत्यका व्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिताको खुला तौल समूहमा पुरुषतर्फ दिनेश बम र महिलातर्फ अञ्जना बुढाथोकी च्याम्पियन बन्नुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा महाकाली नदी किनारमा पुगेर परशुराम धामको दर्शन गर्नुभएको छ ।