नेपाल रेडक्रस शाखा दैलेखले नियमित रूपमा २०४७ सालदेखि सामुदायिक आँखा उपचार केन्द्रमार्फत आँखा र कानको स्वास्थ्य उपचार सेवासँगै दैविक विपद् पछिको उद्धार र प्रतिकार्यको काम नियमित गर्दै आएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल सोमबार अजरबैजानको बाकु आइपुग्नु भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा हुँदै आज यहाँ आइपुग्नुभएको हो ।
पोखरीमा फल्ने सिँगडा रुपन्देहीमा लोप हुँदै गएको छ । पोखरी पुरिँदै र लोप हुँदै गएपछि सिँगाडा खेती पनि लोप हुँदै गएको हो ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक २२ दशमलव १४ अङ्कले उकालो लागेर दुई हजार सात सय ६० दशमलव २१ मा पुगेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–११ स्थित घोडसुवामा आज बेवारिसे शव फेला परेको छ ।
निर्वाचन आयोगले मङ्सिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थाहरूलाई निवेदन आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधी ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताउनुभएको छ ।
सोमाबार जाजरकोटमा फोर्स र बोलेरो जिप दुर्घटनाका नौ जना गम्भीर घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका-३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बिज्याँइकर्ता भागेका छन् ।
भारतीय प्रशिक्षक गौतम गम्भीरले सोमबार रोहित शर्मा र विराट कोहलीलाई ‘अविश्वसनीय रूपमा कडा व्यक्ति’ भन्दै आलोचकहरूलाई गलत साबित गर्न र अस्ट्रेलियामा फर्म हासिल गर्न सक्षम रहेको बताउनुभएको छ ।
अमेरिकाको अलाबामा राज्यको टस्केगी विश्वविद्यालयमा गोली चल्दा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन् ।
लुम्बिनी प्रदेश अन्तर्गत पाल्पाको प्रमुख पर्यटकीय स्थलको रुपमा रहेको ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयलाई चौबिस घण्टा उज्यालो बनाइएको छ । वैकल्पिक उज्यालोको व्यवस्था नहुँदा दरवार क्षेत्र अँध्यारो हुने गर्दथ्यो ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जातीय सद्भावमा बलियो शक्ति हुने भएकाले भाषिक र सांस्कृतिक अतिक्रमणप्रति सचेत रहन आग्रह गर्नुभएको छ ।
सहकारी ठगी र सङ्गठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार रुपन्देही ल्याइने भएको छ ।