झापाको हल्दिबारी –१ गोलधापस्थित द नेपाल हेल्थ क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरको शौचालयमा शिशु जन्माएर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
मधेश प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो ।
बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान भएको छ ।
बागलुङको जैमिनी नगरपालिका –८ छिस्तीबाट आज बिहान बागलुङ बजार आउँदैगरेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान शुरु हुनु निजी क्षेत्रका लागि सुखद भएको उद्योगी व्यवसायीहरुले बताएका छन् ।
सरकारले उद्योगमा विद्युत लाइन तत्काल सुचारु गर्न निर्देशन दिएको छ । आइतवार साँझ बालुवाटारमा बसेको मन्त्री परिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताउनुभयो ।
हेटौँडामा दुई दिने सामुदायिक वन उपभोक्ता समूह र साना तथा मझौला उद्योग बजार प्रदर्शनी मेला हुनेभएको छ । संयुक्त राष्ट्र विकास कार्यक्रम र एलोई प्रालिको साझेदारीमा सामुदायिक वन उपभोक्ता समूह र स्थानीय साना तथा मझौला उद्यम बजार मेला कात्तिक २९ र ३० गते हेटौँडामा हुनेभएको हो ।
झापामा स्रोत नखुलेको नेपाली रुपियाँ ५ लाख ३४ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पूर्वी नेपालका किसानले तरकारी बालीमा भोग्दै आएका विविध समस्याबारे कृषि वैज्ञानिक र किसानबिच छलफलसहित समाधानको बाटो खोजिएको छ ।
मोरङको कानेपोखरी–रङ्गेली सडकमा पर्ने गेउरिया खोलाको पुल शिलान्यास भएको १० वर्षपछि निर्माण सम्पन्न भएको छ ।
नेपाली कांग्रेस पार्टीभित्र फरक मत र समूह भए पनि एकता सबल बनाउन वनभोज आयोजना गरिएको नेपाल विद्यार्थी सङ्घ सिराहाले जनाएको छ ।
सरकारको हुलाक सेवालाई पुनःसंरचना गरी ‘एक पालिका एक हुलाक कार्यालय’ को अवधारणा कास्कीमा कार्यान्वयन सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकामा आइतबार पालिका हुलाक कार्यालय स्थापना गरिएको छ । हुलाक निर्देशनालय पोखराअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको भवनमा पालिका हुलाक कार्यालयको स्थापना गरिएको हो ।
व्यास नगरपालिकास्थित तमु सुधार समाजले पाउँदुरे नाचको जगेर्ना गर्न थालेको छ । गुरुङ समुदायको प्रसिद्ध पाउँ दुरे नाँच लोप हुँदै गएपछि यसको संरक्षणका लागि गुरुङ समुदायका अगुवाहरू जुट्न थालेका हुन् ।
कपिलवस्तु अस्पताल तौलिहवाबाट ८७ लाख रुपियाँभन्दा बढीको औषधी रहस्यमय तरिकाले हराएको छ ।
लुम्बिनी प्रदेश सरकारले रुपन्देहीको मानवनिर्मित गैँडहवा तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रम अन्तर्गत योजना अघि बढाएको छ ।