• २५ मंसिर २०८१, मङ्गलबार

पाँच लाख नगदसहित भारतका नागरिक पक्राउ

blog

लीलाराज खड्का 

बिर्तामोड, कार्तिक २६ गते ।   झापामा स्रोत नखुलेको नेपाली रुपियाँ ५ लाख ३४ सहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

झापा गाउँपालिका–२ टाँघनडुब्बास्थित सशस्त्र प्रहरी बल नेपाल बिओपी टाँघनडुब्बाबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा प्र१–०१–०१२ प ४३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका भारत किशनगंज डिघलबैङ्क ग्रामपञ्चायत–७ बस्ने २० वर्षीय असफाक आलमलाई स्रोत नखुलेको उक्त रकमसहित पक्राउ गरेको हो ।

आइतबार बिहान १० बजेको समयमा रोकेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ५लाख ३४ हजार नेपाली रुपियाँ फेला परेको थियो । मोटरसाइकल र रकमसहित आलमलाई नियन्त्रणमा लिई बिओपी टाँघनडुब्बामा राखिएको प्रहरीले जनाएको छ  ।

उनलाई आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएकाे छ ।