• ११ पुस २०८१, बिहिबार

बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानका विद्यार्थी दीक्षित

blog

प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३ औं दीक्षान्त समारोहमा दीक्षित हुँदै विद्यार्थी । तस्विरः निशा राई

गोरखापत्र अनलाइन

धरान, कात्तिक २६ गते । प्रधानमन्त्री केपी शर्मा ओलीबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानकाे १३ औं दीक्षान्त समारोहमा आज ६५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिष्ठानका सन् २०१० देखि २०१७ व्याचका एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस, डिएम, एमसिएच बिएससी नर्सिङ र २०१२ देखि २०१८ सम्मका एएससी नर्सिङ, बिएमएलटी, बिएमआइटी, एपिएस र पिएडी उपाधि हासिल गरिसकेका विद्यार्थी कुलपति ओलीबाट दीक्षित हुनुभएको हो । 

भारतका शिक्षाविद् प्राडा. ज्योतिर्मोय पलँ प्रमुख अतिथि रहनुभएको कार्यक्रममा सहकुलपति एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत सहभागी हुनुहुन्छ । कार्यक्रममा प्रतिष्ठानले प्रदान गर्दैआएको विभिन्न पुरस्कार उत्कृष्ट विद्यार्थीलाई वितरण गरिएको छ ।