• १० मंसिर २०८१, सोमबार

करेन्ट लागेर महिलाको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, कात्तिक २६ गते । करेन्ट लागेर गम्भीर घाइते कैलालीमा एक महिलाको उपचारको क्रममा आज ज्यान गएको छ । गोदावरी नगरपालिका –१ बसन्तपुरकी ३८ वर्षीया जागुदेवी बोहराको ज्यान गएको हो ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार हात धुने क्रममा पानी मोटरबाट महिलालाई करेन्ट लागेको थियो । अत्तरियास्थित पद्मा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचारको क्रममा महिलाको मृत्यु भएको केन्द्रले जानकारी दिएको छ ।