वीरगन्ज महानगरपालिकाले एकैपटक १० हजारभन्दा बढी किशोरीहरूलाई आत्मारक्षाका लागि तालिम दिने भएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले मतियार र बिचौलियासँग कहिल्यै पनि सम्झौता नगर्ने उद्घोष गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल र माल्दिभ्सका राष्ट्रपति डा. मोहम्मद मैज्जुबीच मङ्गलबार यहाँ भेटवार्ता हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा सहभागी हुन आउनुभएका दुई देशका राष्ट्राध्यक्षबिच भेटवार्ता हुन लागेको हो ।
मङ्सिर १६ गते हुने उपनिर्वाचनको लागि कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ का मतदानस्थलको अनुगमन गरिएको छ।
कतार एयरवेजले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मङ्गलबारदेखि व्यावसायिक उडान सुरु गरेको छ । दोहाबाट आएको कतार एयरवेजको एयर बस ३३० आज अपराह्न उक्त विमानस्थलमा अवतरण गरेको गौतमबुद्ध विमानस्थलले जनाएको छ ।
अघिल्ला दिनका तुलनामा धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलबार भने ओरालो लागेको छ ।
डिलासैनी गाउँपालिकामा २३ वर्षीया देउरानीको हत्या गरेको आरोपमा ३० वर्षीया जेठानीलाई पक्राउ गरिएको छ । डिलासैनी गाउँपालिका–२ छेपट्टा डुङरी बस्ने देउरानी सुनिता बोहराको हत्या गरेको अभियोगमा जेठानी दीपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
उत्तर कोरियाले रुससँग गरेको ऐतिहासिक सुरक्षा सम्झौता अनुमोदन गरेको छ । यसले सुरक्षा सहयोगलाई अझ प्रगाढ बनाएको छ । यसै सम्झौताका आधारमा प्योङयाङले मस्कोलाई युक्रेनविरुद्ध लड्न मद्दत गर्न हजारौं सैनिक पठाएको हो ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नयाँ विवाहित जोडी (दम्पती) लाई शुभकामना कार्ड (पत्र) प्रदान गर्न थालिएको छ।
दोलखाको कालीदेवी मन्दिरमा यो वर्ष पनि ठुलो एकादशीदेखि मेला सुरु भएको छ । जिरी नगरपालिका–८ रामबोलेस्थित कालीदेवी मन्दिरमा प्रत्येक वर्ष एकादशीदेखि पञ्चमीसम्म एक साता सञ्चालन हुने मेला सुरु भएको नगर प्रमुख मित्र जिरेलले जानकारी दिनुभयो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत लियान जोन्स्टनले शिष्टाचार भेट गर्नुभएको छ ।
पाँचथरको तुम्बेवा गाउँपालिका वाड नं ५ मा सम्पन्न प्रथम तरुण गोल्डकपको उपाधि अरुनिमा फुटबल क्लबले हात पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि धर्मका नाममा राजनीति र अतिवाद हुन नहुने बताउनुभएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले कर्णाली सरकारको समृद्धि र विकास हाम्रो साझा चाहना भएको बताउनुभएको छ।
ज्यान मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् ।