चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ ।
चलचित्र ‘कार्साङ’ को जितु नेपालको चारित्रिक ‘लुक्स’ मङ्गलबार सार्वजनिक भएको छ ।
अस्वस्थ्य जीवनशैलीका कारण मधुमेहपीडितको सङ्ख्या बढिरहेको छ । नसर्ने रोगमध्येको एक मधुमेहपीडितमा ‘डायबेटिक रेटिनोपेथी’को जोखिम पनि उत्तिकै हुने गरेको चिकित्सकले बताएका छन् ।
मानवीय संवेदना, सहअस्तित्व र प्रेमको कथा समेटिएको नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ को काठमाडौँस्थित मण्डला थिएटरमा मञ्चन सुरु भएको छ ।
सहकारी बचत अपचलनबारे अनुसन्धानका लागि भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिइएको छ ।
हाल देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृह जिल्ला डडेलधुरा पुगेर देवीदेवताको दर्शन एवं कार्यकर्ता भेटघाटमा व्यस्त रहनुभएको छ ।
नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका –४ सिंङ्गा तातोपानी कुण्डको पोखरीमा मङ्गलबार स्नान गर्दै सर्वसाधारण । ५० डिग्री तापक्रममा निस्कने तातोपानी कुण्डमा उपचारका लागि स्नान गर्छन् । चिसो बढेसँगै तातोपानी कुण्डमा स्नान गर्न आउनेको चाप बढेको छ ।
दक्षिणी चीनको झुहाई शहरमा सोमबार साँझ एउटा कारले पैदल यात्रुहरूलाई ठक्कर दिँदा ३५ जनाको मृत्यु भएको छ । ४३ जना घाइते भएको स्थानीय प्रहरीले मङ्गलबार जानकारी दिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दिक्षान्त समारोहको तयारी पूरा भएको छ । कात्तिक २८ गते प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीले उदघाटन गर्नुहुनेछ ।
रुकुम पश्चिमको आठबिसकोटमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङगलबार बेलुका आठबिसकोट नगरपालिका –९ को राडि बजारबाट चिसापानीतर्फ जाँदै गरेको १५५१ नम्वर लेखिएको अटो वडा नम्वर ११ को चौरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
नेकपा (एमाले) को उच्च स्तरीय प्रतिनिधि मण्डल भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्व हुने हो भने देश निर्माणमा धेरै समय नलाग्ने बताउनुभएको छ । विराटनगरमा मंगलबार नेकपा (एमाले) संगठन कमिटी मोरङद्वारा आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
प्रेस काउन्सिल नेपालले आमसञ्चार माध्यम र सञ्चार माध्यमसँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीलाई तथ्यपूर्ण र विश्वसनीय बनाउन विशेष अपिल जारी गरेको छ ।