• ११ पुस २०८१, बिहिबार

अटो दुर्घटनामा पाँच जना घाइते

blog

अटो दुर्घटनाका घाइतेको नगर अस्पतालमा उपचार हुँदै । तस्बिरः राजु लामिछाने

राजु लामिछाने

रुकुमपश्चिम, कात्तिक २७ गते । रुकुम पश्चिमको आठबिसकोटमा यात्रु बोकेको अटोरिक्सा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । मङगलबार बेलुका आठबिसकोट नगरपालिका –९ को राडि बजारबाट चिसापानीतर्फ जाँदै गरेको १५५१ नम्वर लेखिएको अटो वडा नम्वर ११ को चौरमा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परेर पाँच जना घाइते भएका छन् । घाइतेहरुको साथमा रहनुभएका स्थानीय कपिल शर्माका अनुसार दुर्घटनामा परेर आठबिसकोट नगरपालिका १३ निवासी ३१ वर्षीया सरिता बुढा ओली, सोहि वडा निवासी ४२ वर्षीया कमला पुन, वडा नम्वर १४ निवासी ३५ वर्षीया मुना खत्री, उहाँका श्रीमान् ३८ वर्षीय कृष्ण पोखरेल र १५ महिनाको छोरा प्रदिप पोखरेल घाइते हुनुभएको छ । 

घाइतेहरुलाई उपचारका लागि आठबिसकोट नगर अस्पतालमा लगिएको छ । स्वास्थ्यकर्मीहरुले उहाँहरुको स्वास्थ्य अवस्था मध्यम रहेको बताएको शर्माले जानकारी दिनुभयो । अटोमा सवार सात जनामध्ये अन्य दुई जनाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले अटो चालक ललित परियारलाई नियन्त्रणमा लिएको जनाएको छ ।