• ११ पुस २०८१, बिहिबार

एकीकृत समाजवादीका नेता एमालेमा प्रवेश

blog

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेल नेता जंगबहादुर शाहीलाई पार्टीमा प्रवेश गराउनुहुँदै ।

बिशाल सुनार

दुल्लु, कात्तिक २७ गते । नेकपा (एकीकृत समाजबादी) का केन्द्रीय सदस्य तथा आसन्न हुने महावु गाउँपालिका अध्यक्ष पदका उम्मेदवार जंगबहादुर शाही नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।  

नेकपा एकीकृति समाजवादीको केन्द्रीय समितिको भेला कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी रहँदा शाहीसहितको टोली एमालेमा प्रवेश गरेको हो । आज आयोजित एक कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा मुख्यममन्त्री यमलाल कँडेलले उहाँहरुलाई पार्टीमा प्रवेश गराउनुभयो ।  

नेकपा एसको केन्द्रीय सदस्य रहेका शाही गाउँपालिकाको सस्थापक अध्यक्ष समेत हुनुहुन्छ । हक्की स्वभावका जुझारु नेताका रुपमा परिचित उहाँ आसन्न मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका लागि नेकपा एकीकृत समाजबादीको प्रस्तावित उम्मेदवार हुनुहुन्छ ।   

उपनिर्वाचन नजिकिदै जाँदा समाजबादीका नेता एमालेमा प्रवेशलाई एमालेको चुनावी रणनीति भएको कतिपयको बुझाइ छ । शाहीले आफू पुरानै घरमा फर्किएको प्रतिक्रिया दिनुभएको छ । 

यसअघि पहिलो निर्वाचन नेकपा (एमाले) ले जितेको थियो । दोस्रो कार्यकालको लागि नेपाली काँग्रेसले जित निकालेको थियो । लक्ष्मण गुरुङ्ले जितेका सो ठाउँमा उहाँको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।

निर्वाचनमा काँग्रेस र एमालेविच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । दैलेख जिल्लाको महावु गाउँपालिकामा अध्यक्ष पदका लागि हुने उपनिर्वाचले यहाँको माहोल तातिएको छ ।