वीर अस्पतालको बहिरङ्ग (ओपिडी) कक्षमा दैनिक आउने दुई हजार पाँच सय बिरामीमध्ये १८० जना मधुमेह विभागमा आउने गरेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी तीन वर्षभित्र तीन लाख युवाका लागि ‘आइटी’ उद्योगमार्फत रोजगारी सिर्जना गर्न सकिने बताउनुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय पदाधिकारीसहित १९ सांसदविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले पदीय जिम्मेवारीमा रहने सबैले कानुनको परिपालना, खर्चको मितव्ययिता, आर्थिक अनुशासन र सरकारी सम्पत्तिको सदुपयोग/संरक्षण गर्नुपर्ने बताउनुभएको छ ।
पोखरा महानगरपालिकामा रहेका तालहरूलाई जोड्नेगरी निर्माण गर्न लागिएको लेक टु लेक साइकल मार्ग बनाउन एसियाली विकास बैंक (एडिबी) ले एक अर्ब लागनी गर्ने भएको छ ।
बेलायतले बिहीबार नयाँ कोइला खानीहरूमा प्रतिबन्ध लगाउने कानुन ल्याउने घोषणा गरेको छ । लेबर सरकारले बेलायतलाई स्वच्छ ऊर्जाको अग्रणी बनाउने योजनाहरू बढाइरहेको बेला यस्तो घोषणा आएको हो ।
पाँचथरको याङवरक गाउँपालिका १ च्याङथापूको मगरडाँडाका राजेन्द्र खालिङ राईको दुग्ध डेरीमा सुकाइएको छुर्पी । उक्त छुर्पी भरियालाई बोकाएर सीमावर्ती भारतीय बजारमा बिक्री गरिन्छ ।
पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रस्तावित पुइलेक विमानस्थलको स्थलगत अवलोकन गरेर ठाउँ उपयुक्त भएको बताउनुभएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री स्वदेश फर्किनु भएको छ । चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिएर मुख्यमन्त्री चेतनारायण आचार्य बिहीवार स्वदेश फर्किनु भएको हो ।
आगामी माघ १५ गतेदेखि जिल्लाको रामपुरमा चौंथो रामपुर महोत्सव, कृषि प्रदर्शनी एवं व्यापार मेला हुने भएको छ । रामपुर उद्योग वाणिज्य संघले चौथो संस्करणको महोत्सव माघ १५ देखि २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
काठमाडौँको गोकर्णेश्वरस्थित आफ्नै घरभित्र एकैपरिवारका तीनजना मृत भेटिएका छन् ।
गुल्मीमा कार दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ तम्घासदेखि बुटवलतर्फ जाँदै गरेको लुम्बिनी बा ००४३ नम्बरको भेन्यू कार रुरुक्षेत्र गाउँपालिका १ रातामाटास्थित तम्घास रिडि सडक खण्डमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेल ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको सम्मेलन (कोप–२९)’ मा सहभागी भएर बिहीबार स्वदेश फर्कने क्रममा कतारको दोहा आइपुग्नु भएको छ ।
सहकारी बचत अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान तीन दिनमा सकिएको छ । मङ्गलबार रुपन्देही ल्याइएका लामिछानेलाई तीनसम्म लगातार बयान लिइएको हो ।
काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।