विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर सुधारका निम्ति रु सात अर्ब सात करोड २० लाख ऋण अनुमोदन गरेको छ ।
सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीलाई निमोनिया देखिएको छ। चिसो बढ्नु र धुवाँ–धुलोको कारणले सुरुमा लागेको रुघाखोकी बिग्रँदै जानुका कारण निमोनिया भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताउनुभयो।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महावीर पुनले पोखराका सडकमा पुस्तक बिक्री गरेको विषयप्रति पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ध्यानाकर्षण गराउँदै सडकमा पुस्तक नबेच्न सुझाव दिनुभएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख १९ हजार कायम भएको छ भने एक तोला चाँदीको मूल्य रु पाँच हजार ७२० निर्धारण भएको छ ।
घोराही बजार क्षेत्रमा बृहत् सरसफाइ अभियान सञ्चालन गरिएको छ। ‘सुरक्षित, सफा र सुन्दर दाङ, सभ्य नागरिकको पहिचान’ भन्ने नारासहित जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङको आयोजनामा बुधबार बिहान सरसफाइ कार्यक्रम गरिएको हो।
बिरुवा गाउँपालिका वडा नं – ८ का वडा अध्यक्ष नविन कुमार आलेको बुधबार मृत्यु भएको छ । आलेको आस्था अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।
तनहुँको व्यास नगरपालिकाको वडा नम्बर–३ को देउरालीनगर र वडा नम्बर १ को भादगाउँ, विज्ञानचौर जोड्ने बुल्दीखोला पुलको निर्माण कार्यले पछिल्लो समय गति लिन थालेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) ले हालसम्मकै पहिलो जित हासिल गरेको छ । एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी हुँदै एमालेलाई इतिहासमै पहिलो पटक जित दिलाउनुभएको हो ।
कुनै समय मानिस हिँडडुल गर्न पनि कठिन हुने गरेको अनकन्टार जस्तो मानिएको कोठु र सोमबारे क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको आकर्ष
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशमा एक लाखभन्दा बढी मत बदर भएका छन् । प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रदेशभर खसेको कुल १९ लाख ५२ हजार ८६४ मतमध्ये एक लाख दुई हजार ९५६ मत बदर भएको हो । प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार प्रदेशभर करिब ५.२७ प्रतिशत मत बदर भएको छ ।
आँपको राजधानीका रूपमा चिनिएको सिरहामा यस वर्ष आँपको उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र सिरहाले जनाएको छ। जिल्लामा करिब पाँच हजार हेक्टर क्षेत्रफलमा आँप खेती भइरहेको छ।
पुराना र स्थापित दललाई पन्छाउँदै यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकी प्रदेशमा अप्रत्याशित जित हासिल गरेको छ । गण्डकी प्रदेशका १८ वटै निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी गण्डकी प्रदेशमा ठुलो पार्टी भएको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र बनाउने भएको छ । गण्डकी प्रदेश सरकारसँगको लागत साझेदारीमा फोहोरबाट मोहर कमाउन सदरमुकाम जोमसोममा आधुनिक उपकरणसहितको प्रशोधन केन्द्र र मार्फामा एक करोड २० लाख रुपियाँको लागतमा सङ्कलन केन्द्र बनाउने भएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा