पाकिस्तानमा इन्धन अभावको चिन्ता बढ्दै गएको छ । देशभर इन्धन ढुवानी गर्ने ट्याङ्कर चालकले डिपोमा इन्धन उपलब्ध नभएकाले ट्याङ्कर लामो समयसम्म रोकिएको बताएका छन् । तर सरकारले भने इन्धनको मूल्य फेरि तत्काल बढ्ने सम्भावनालाई कम आँक्दै स्थिति नियन्त्रणमा रहेको जनाएको छ ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले सबैको सहयोगमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको बताउनुभएको छ ।
बाह्र दिनदेखि प्रतिबन्धित पश्चिम एसिया क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ।
न्युक्यासलको मैदानमा मङ्गलबार राति भएको खेलमा बार्सिलोना र न्युक्यासलले १–१ गोलको बराबरी खेले । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले खेलको अन्तिममा गोल फर्काउँदै हार टारेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सकिएसँगै निर्वाचनमा भाग लिएकामध्ये ५१ दलले थ्रेस होल्ड (संसद्मा प्रतिनिधित्वका लागि राजनीतिक दलले ल्याउनुपर्ने न्यूनतम मतको सीमा) भन्दा कम मत प्राप्त गरेका छन् ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सार्वजनिक हुने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फको १ सय ६५ सिटकै नतिजा सार्वजनिक भइसकेको छ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम आउनेक्रम अन्तिम चरणमा पुगेको छ ।
धरान उपमहानगरपालिका-८ स्थित अटल ग्यारेजमा पार्किङ गरी राखिएका यात्रुबाहक बसमा राति आगलागी हुँदा तिन वटा बस पूर्ण रूपमा जलेको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) प्रतिस्पर्धा गरेका ठुलो सङ्ख्याका उम्मेदवारको धरौटी (जमानत) जफत भएको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं.१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)को नेतृत्वमा धरानमा धन्यवाद तथा सुझाव र्याली निकालिएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति देशभरका युवापुस्ताको चासो र अपेक्षा बढेको छ ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका बिच इरानले क्षेत्रीय तेल उद्योग र ऊर्जा पूर्वाधारमाथि दबाब बढाइरहेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति प्रभावित हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढ्दै गएको छ ।
इरानका नयाँ सर्वोच्च नेता मोजताबा खामेनी युद्धका क्रममा घाइते भएको समाचार फैलिरहेका बेला उहाँ सुरक्षित र स्वस्थ रहेको दाबी इरानी राष्ट्रपतिको छोराले गर्नु भएको छ । इजरायल र संयुक्त राज्य अमेरिकासँगको जारी युद्धको पृष्ठभूमिमा यस्तो दाबी सार्वजनिक गरिएको हो ।
क्युबामा बढ्दो इन्धन अभावका कारण देश गम्भीर मानवीय संकटतर्फ धकेलिएको भन्दै संयुक्त राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ ।
सुदूरपश्चिम प्रदेशका सबै निर्वाचन क्षेत्रमा प्रत्यक्ष र समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ ।