बागलुङको ढोरपाटनमा दादुरा सङ्क्रमण देखिएपछि गाउँमा त्रास फैलिएको छ । ढोरपाटन नगरपालिका-७, ८ र ९ मा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि भएको छ भने ७४ जनामा शङ्कास्पद लक्षण देखिएको छ ।
कास्कीको रुपा गाउँपालिकामा एक वर्षमा एक लाख लिटर मह उत्पादन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४६ दशमलव ७८ अङ्कले घटेर दुई हजार ७९६ दशमलव ५७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव ६४ प्रतिशतको गिरावट हो ।
नकवजनी चोरी मुद्धाका फरार कसूरदारलाई १८ वर्ष पछि प्रहरीले बुधबार पक्राउ गरेको छ ।
नेपालको सार्वजनिक नीति र अर्थतन्त्रका बहसमा लामो समयदेखि सुपरिचित नाम हो— डा. स्वर्णिम वाग्ले ।
गण्डकी प्रदेशसभाका पूर्वसदस्य ‘दीपक मनाङे’ भनेर चिनिने राजीव गुरुङ कैद सजाय भुक्तान गरी कारागारमुक्त हुनुभएको छ।
पर्वत जिल्लामा माध्यमिक शिक्षा परीक्षा(एसईई) दिने विद्यार्थीहरुको सङ्ख्या वर्षेनी घट्दो छ ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि मौसम क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको बताएको छ ।
सप्तरीमा चारवटै प्रतिनिधि सभा सदस्य क्षेत्र राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको छ । जितेका चारमध्ये तीन जनाको राजनीतिक पुष्ठभूमी पुरानो दलसँग जोडिएको छ । जिल्लाको क्षेत्र नं १ बाहेकका तीन वटा क्षेत्रका विजेताहरुको पृष्ठभूमी पुराना दलसँग रहेको छ ।
मध्यपूर्व क्षेत्रमा बढ्दै गएको द्वन्द्व र अस्थिरताले इरानमा बसोबास गर्दै आएका अफगान परिवारलाई स्वदेश फर्किन बाध्य बनाइरहेको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय खेलकुदमा इरानको सहभागिताबारे प्रश्न उठिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताउनुभएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्ररूपमा बढ्न थालेपछि जी-७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् ।
छ दिनअघि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवैतर्फको मतगणना सकिएको छ । यो निर्वाचनमा प्रत्यक्षतर्फका एक सय ६५ सिटमध्ये १४ सिटमा मात्र महिलाले जित हात पारेका छन् ।
२१ फागुनमा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलामका २७ मध्ये १८ जना उम्मेदवारको जमानत जफत भएको छ ।
नेपाल वायु सेवा निगमले आज राति विशेष उडानमार्फत दुबईको विमानस्थलमा रोकिएका यात्रुको उद्धार गर्ने जनाएको छ ।