पश्चिम एसिया यतिखेर अशान्त छ । यसको प्रत्यक्ष असर एसिया महादेशको बाँकी भागमा पर्ने नै भयो, परोक्ष प्रभाव सिंगो विश्वले बेहोरिरहेको छ । युक्रेनतिरको युद्धले मूलतः युरोपलाई पिरोलेको थियो । दिन प्रतिदिन परिस्थिति जटिल हुँदो छ । पेट्रोलियम पदार्थको उत्पादन र ढुवानी प्रभावित हुँदा आयात गरिएको इन्धनमा भर पर्ने कुन चाहिँ देशको अर्थतन्त्र संकटमुक्त रहन सक्ला र ?
परिवर्तनशील नेपालको राजनीतिक आकाशमा यस पटक ‘घण्टी’ केवल एउटा चुनाव चिह्नको रूपमा मात्र बजेन; यो त दशकौँदेखिको राजनीतिक जडता, भ्रष्टाचार र निराशाविरुद्ध को एउटा शक्तिशाली ‘अलार्म’ थियो । सन् २०२६ को यो चुनावी नतिजाले एउटा स्पष्ट सन्देश दिएको छः नेपाली जनता अब आश्वासनको खेती होइन, परिणामको भोकमा छन् । त्यस भोकलाई मेटाउने सङ्कल्पका साथ
जेनजी विद्रोहपछिको अन्योलपूर्ण वातावरणमा देशलाई निकास दिने उद्देश्यले गठित सरकारले आफ्नो घोषित अभिभारा पूरा गरेको छ । फागुन २१ मा निर्वाचन सम्पन्न भई सोको परिणाम पनि प्राप्त भइसकेको छ । यसको विवरण निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाउने प्रक्रिया बाँकी छ । सो विवरण राष्ट्रपतिसमक्ष पुगेपछि उहाँले नयाँ सरकार गठन प्रक्रिया सुरु गर्नु हुने छ ।
नेपालको जलस्रोतको सबैभन्दा ठुलो सम्भावना जलविद्युत् हो । प्राविधिक रूपमा सम्भाव्य जलविद्युत् क्षमता करिब ४३ हजार मेगावाट रहेको भए पनि हाल उत्पादन चार हजार मेगावाट हाराहारी मात्र रहेको छ । यसले जलस्रोतको उपयोगमा
ङ्जाको बिरुवा गाउँपालिकामा बिहीबार शोक बिदा दिइएको छ । बिरुवा गाउँपालिका–८ का वडा अध्यक्ष नविन कुमार आलेको निधन भएपछि पालिकाले आज शोक बिदा दिएको हो ।
गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण सामुदायिक वनमा बलात्कारपछि हत्या भएको भन्दै सो घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गरिएको छ ।
१०० वर्ष अघिको गोर्खापत्र
पछिल्लो समय आधुनिकताको प्रभावसँगै थारू समुदायको मौलिक वेशभूषा विस्तारै लोप हुँदै जाने चिन्ता बढ्दै गएको छ । यस्तो अवस्थामा केही थारू महिलाले आफ्नो मौलिक पहिरन जोगाउन र त्यसको महत्वबारे नयाँ पुस्तालाई सचेत गराउन सक्रियता देखाउन थालेका छन् ।
‘आइज टु एज’ मा तिस कलाकृति
तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित इन्जिनियर श्रीराम न्यौपाने ऊर्जा, जलस्रोत तथा पूर्वाधार विकाससँग प्रत्यक्ष रूपमा जोडिएका अनुभवी अभियन्ताका रूपमा परिचित हुनुहुन्छ ।
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले मेसिनको प्रयोग गर्दे श्रमशक्ति र लागत घटाएर कृषिलाई नयाँ दिशा दिन लागेको बताउनुभएको छ । धान रोप्ने चारपाङ्ग्रे मेसिनको बुधबार कैलालीमा उद्घाटन गर्दै मन्त्री परियारले सो कुरा बताउनुभएको हो ।
उद्योगबाट निस्कने दूषित वायुका कारण पर्न सक्ने असर कम गर्न विश्व बैङ्कले नेपाललाई करिब सात अर्ब ६० करोड रुपियाँ ऋण उपलब्ध गराउने भएको छ । नेपाल स्वच्छ वायु र समृद्धि परियोजनाका लागि उपलब्ध गराइने उक्त ऋण विश्व बैङ्कको बोर्ड बैठकले स्वीकृत गरेको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा साधारणतया बादल लाग्ने छ भने बाँकी भागमा आंशिक बादल रहने अनुमान गरिएको छ ।
नेपाल वायुसेवा निगमले संयुक्त अरब इमिरेट्स (युएई) दुबईको विमानस्थलमा रोकिएका यात्रु ल्याउन सुरु गरेको छ । पश्चिम एसियामा विकसित पछिल्लो परिस्थितिका कारण दुबई विमानस्थल चैत २ गतेदेखि १४ गतेसम्म पूर्ण बन्द हुने भएपछि निगमले तत्कालका लागि दुई वटा विशेष उडानमार्फत यात्रु ल्याउन वाइडबडी जहाज परिचालन गरेको हो ।
रेमिट्यान्स आप्रवाहमा यस पटक पनि उल्लेखनीय देखिएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ माघ मसान्तसम्मको तथ्याङ्क अनुसार चालु आवको सात महिनासम्ममा रेमिट्यान्स आप्रवाहको वृद्धिदर ३९.८ प्रतिशत पुगेको छ । यस्तो वृद्धि आघिल्लो आवको समीक्षा अवधिमा ७.५ प्रतिशत थियो ।