प्रदेश सरकारले समयमा चिकित्सकका व्यवस्थापनमा ध्यान नदिँदा जिल्ला सदरमुकाममा रहेको प्रादेशिक अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ ।
सवारी साधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार कालिका
तनहुँको ऐतिहासिक तथा सांस्कृतिक पहाडी बस्ती बन्दीपुरले भ्रमण वर्षलाई लक्षित गर्दै आठ लाख पर्यटकलाई आकर्षित गर्ने लक्ष्य सार्वजनिक गरेको छ ।
बाँकेका प्रमुख निजी अस्पतालहरूबाट आमा सुरक्षा कार्यक्रम हटाइएपछि अहिले नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा हालै मात्र सञ्चालनमा आएको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको हो ।
जिल्ला निर्वाचन कार्यालय बर्दियामा नयाँ मतदाता थपिने क्रम जारी रहेको छ । जिल्लामा हालसम्म दुई हजार ४०८ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हाल जिल्लामा थपिएका मतदाता अधिकांश युवापुस्ताका रहेका छन् । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्रबाट सिधै मतदाता नामावलीमा दर्ता गर्न सकिने व्यवस्था गरेपछि आवेदन दिनेको सङ्ख्या बढेर पाँच हजार ३४६ पुगेको छ ।
हिमालय क्लबको आयोजना एवं दृष्टि आँखा अस्पताल नयाँबजारको प्राविधिक सहयोगमा पोेखराको बाटुलेचौरमा शनिबार सम्पन्न निशुल्क आँखा जाँच शिविरबाट दुई सय सात जना लाभान्वित भएका छन् ।
गुल्मीको सदरमुकाम तम्घासमा अवस्थित चिदिचौर खेलमैदान केहि समय अलपत्रजस्तै बन्यो । चिदिचौर खेलमैदानलाई व्यवस्थित र आकर्षक बनाउनका लागि काम सरुभएको केहि समयपछि काम रोकिँदा अलपत्र बनेको थियो ।
न्याय दिन ढिलो गर्नु न्याय नदिनु हो भनिन्छ । तत्कालीन विद्रोही नेकपा (माओवादी) को विद्रोहबाट पीडित पक्षले अहिलेसम्म न्याय पाउन सकेका छैनन् । माओवादीको सशस्त्र विद्रोह २०५२ साल फागुन १ गतेबाट सुरु भई २०६३ साल मङ्सिर ५ गते शान्ति सम्झौतासँगै अन्त्य भएको थियो । १० बर्से विद्रोहलाई राजनीतिक अवतरण गराएको यो विस्तृत शान्ति सम्झौता भएको १९ वर्ष पूरा भएको
बागलुङको बडिगाड गाउँपालिका–५, दाँगमा आइतबार बिहान भएको आगलागीमा एकजना घाइते भएका छन् भने करिब ६ लाख ५० हजार रुपियाँ बराबरको क्षति भएको छ ।
विसं २०३१ देखिको राजनीतिक आन्दोलनलाई नियालेर हेर्दा २०८२ को आन्दोलन एक प्रकारको विद्रोह जस्तो देखिन्छ । हुन त विद्रोह एक्लैले पनि गर्न सकिन्छ । विद्रोही एक्लै पनि हुन्छन् । सङ्गठित विद्रोह पनि हुन्छ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा क्रिकेट खेलेर घर फर्किएका दाजु–भाई मध्ये भाईको बेहोस भएर मृत्यु भएको भएको छ भने दाजु बेहोस भएर अस्पताल भर्ना भएका छन् ।
जब बिहानीको सूर्य हिमालको टाकुरामा ठोकिन्छ र पहिलो किरणले हाम्रो माटोलाई स्पर्श गर्छ, तब हामी नेपालीले एउटा शाश्वत प्रश्नको सामना गर्नु पर्छ– हाम्रो यात्राको दिशा कुन हो ? के हामीले आफ्नो मौलिक पहिचान बिर्सेर अरूको पदचाप पछ्याइरहनु पर्छ ?
पश्चिम नवलपरासीमा आर्टिफिसियल इन्टेलिजेन्स एक्सरे प्रविधिद्वारा समुदायस्तरमा क्षयरोगको खोजपडताल तीव्र पारिएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीको तीन बस्तीका स्थानीय विकास माग्न सदरमुकाम सिमकोटमा आइपुगेका छन् । पाँच हजार मिटर अग्लो न्यालु लेकमा जमेको हिउँ र बरफ फुटाएर उनीहरु लिमीबाट सदरमुकाम सिमकोटमा आइपुगेका हुन् ।
आउँदो फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुँदै छ । मङ्सिर महिना लागेसँगै चुनावी माहोल पनि सुरु भएको छ । चुनावलाई लोकतन्त्रको आत्मा मानिन्छ । कतिपय विद्वान्ले चुनावलाई लोकतन्त्रको ‘अक्सिजन’ पनि भनेका छन् ।