कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्वास्थ्य सेवा प्रवाह मात्र होइन, पछिल्लो समय चिकित्सा शिक्षा अध्ययनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । प्रतिष्ठानमा अहिले देश तथा विदेशबाट विद्यार्थी अध्ययनका लागि आउन थालेका छन् ।
कर्णाली नदीमाथि पुल बनेपछि सर्वसाधारणलाई आउजाउमा सहज भएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१ को रेगिल र खाँडाचक्र नगरपालिका–३ को रास्केकोटमा झोलुङ्गे पुल बनेपछि आउजाउ गर्न सहज भएको हो ।
कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ ।
बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ ।
कुनै समय अन्नको भण्डार मानिने पश्चिम नवलपरासीमा अचेल खेतबारीहरू बाँझै देखिन थालेका छन्। एकातिर युवा जनशक्ति वैदेशिक रोजगारीमा पलायन हुने क्रम बढ्दो छ भने अर्कोतिर खेतीपाती गरिरहेका किसानहरू पनि समयमा मल, बीउ र सिँचाइ नपाउँदा निरुत्साहित बन्दै गएका छन्।
वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहलसहित उक्त पार्टीलाई हालैको आम निर्वाचनमा प्राप्त उल्लेखनीय सफलताका लागि बधाई ज्ञापन गर्नुभएको छ ।
बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा ग्रास कार्प माछाका भुरा निःशुल्क वितरण गरेको छ ।
देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागुऔषधसहित १३ जना पक्राउ परेका छन् ।
ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले उत्कृष्ट किसान, कर्मचारी र पत्रकारलाई सम्मान गरेको छ । आफ्नो नवौं स्थापना दिवसको अवसरमा गाउँपालिकाले किसान, कर्मचारी र पत्रकारलाई नगद पुरस्कारसहित सम्मान गरेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गोरखापत्रकर्मी चन्द पन्दाक सम्मानित हुनुभएको छ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले स्थानी तहको नवौँ स्थापना दिवसको अवसरमा पन्दाकलाई नगदसहित प्रशंसा पत्रले सम्मान गरेको हो ।
ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि उक्त रोगविरूद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । नगरपालिका भित्रका १० देखि १९ वर्ष उमेर समूहका करिब सात हजार बालबालिकालाई यही फागुन २९ देखि चैत १ गतेसम्म खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय, बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
नेपाल ताजा जनादेश अनुसार नयाँ सरकारको अन्तिम तयारीमा छ । गत भदौमा भएको नवपुस्ता अर्थात् जेनजी विद्रोहपछि देशले कठिन मेहनतका साथ निर्वाचन सम्पन्न गरेको छ । अनेक अन्योल चिर्दै भएको यो निर्वाचनमा नितान्त नवीन र उत्साहजनक जनादेश प्राप्त छ । निर्वाचनले प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सानदार जनादेश हासिल भयो । २७५ सदस्यीय
बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गरी उपभोक्ता ठग्ने र कालोबजारी गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न स्याङ्जाका विभिन्न व्यापारिक केन्द्रहरूमा बजार अनुगमन गरिएको छ ।