झिमरुक नदीको किटघाटमा पक्की पुल निर्माण भएपछि स्थानीयहरू खुशी भएका छन्। झिमरुक गाउँपालिकाको वडा नं. ६ र ७ लाई जोड्ने कुटिचौर–कुता–तुषारा सडक खण्डअन्तर्गत झिमरुक नदीमा पक्की पुल निर्माण सम्पन्न भएपछि यातायात सञ्चालनमा सहजता आएको छ।
प्रतिनिधि सभा निर्वाचन बहिष्कार गर्दै मतदान नगरेका नौगाड–१ नागुका स्थानीयले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेशसिंह सामन्तलाई विकाससम्बन्धी मागसहित १० बुँदे ज्ञापन पत्र बुझाएका छन्।
बैतडीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद भण्डारी जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त हुनुहुन्छ।
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका अनुसार लेबननमा कार्यरत संयुक्त राष्ट्रसङ्घीय अन्तरिम फौजको सुरक्षा सुनिश्चित हुनुपर्नेमा नेपालले जोड दिएको हो ।
धनकुटाको पाख्रीबास नगरपालिका–५ का कमलबहादुर बस्नेत निर्वाचन सफल बनाउन गत माघमा निर्वाचन प्रहरीमा भर्ना हुनुभयो । उहाँ ४० दिन निर्वाचन प्रहरीका रूपमा काम गर्ने अनि घर फर्किएर विदेश जाने तरखरमा हुनुहुन्थ्यो
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हार्नुहुन्न, उहाँले हारे म इलाम छाड्छु भनेर बाजी राखेकै कारण इलाम नगरपालिका–१० मा बस्दै आएका जगतबहादुर नेम्वाङ इलाम छोडेर पाँचथर फर्कनुभएको छ ।
हिमाली जिल्ला हुम्लाका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगेका छन्। समयमै पाठ्यपुस्तक सप्लायर्सले ढुवानी गरेर गाउँपालिकासम्म पुर्याएकाले हिउँदे बिदापछि विद्यालय सञ्चालन हुँदा विद्यार्थीले पाठ्यपुस्तक पाएका हुन्।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
दुई निर्वाचन क्षेत्र रहेको बागलुङमा चार हजार ४५२ अर्थात् ४.६३ प्रतिशत मत बदर भएका छन् । निर्वाचनअघि गाउँ गाउँमा पुगेर मतदाता शिक्षा दिए पनि मत बदर नरोकिएको जिल्ला निर्वाचन कार्यालय बागलुङका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले जानकारी दिनुभयो ।
हुम्लाको अदानचुली गाउँपालिका–२ कुलाला गाउँका दलित समुदायका विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ।
अव्यवस्थित रूपमा सवारीसाधनको टिकट काउन्टर सञ्चालन र यात्रुवाहक साधन रोकिएको भन्दै तत्काल सम्बन्धित स्थानबाट मात्र सञ्चालन गर्न प्रशासनले निर्देशन दिएको छ । यातायात व्यवसायी र प्रशास
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बराम भाषा
बाजुराका अधिकांश गाउँबस्तीका घरका ढोकामा पछिल्लो समय ताला झुण्डिएको देखिन थालेको छ। गाउँमै जीविकोपार्जन गर्ने उपाय नहुँदा यहाँका अधिकांश स्थानीय रोजगारीको खोजीमा भारतका विभिन्न सहरमा जाने गरेका छन्। परिवारसहित भारत जाने क्रम बढेपछि गाउँका धेरै घर बन्द भएका छन्।
महोत्तरीमा गाडिएको अवस्थामा मोटरसाइकल फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सोनमा गाउँपालिका–६ मगरथानामा जमिनमा पुरिएको अवस्थामा एउटा मोटरसाइकल फेला परेको हो।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामा समानुपातिक प्रणालीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सर्वाधिक मत ल्याउने दल बनेको छ । प्रदेशभरिका छ दलको मतपरिणाममा रास्वपा पहिलो, नेपाली कांग्रेस दोस्रो, एमाले तेस्रो, नेकपा चौथो, राप्रपा पाँचौँ र श्रम संस्कृति पार्टी छैटौँ स्थानमा देखिएका छन् ।