पश्चिम नेपालको केन्द्रविन्दु बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको योयो प्लाइउड इण्डष्ट्रिज प्रालिलाई बन्द गरिँदा त्यहाँ कार्यरत छ सय कामदार बेरोजगार भएका छन् ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग निवर्तमान सांसद रामहरि खतिवडाले भेटवार्ता गर्नुभएको छ ।
धनुषाको मिथिला नगरपालिका–२, हजरा चौकस्थित जनकपुर–ढल्केवर सडकखण्डमा आइतबार बिहान कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
बढ्दो माग र अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिका कारण स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही वृद्धि भएको छ ।
बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा शव फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गर्दै अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार एक व्यक्तिको शङ्कास्पद मृत्यु भएपछि अनुसन्धान सुरु गरिएको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले पर्यटकको चहलपहल निकै बढेको छ । विशेषगरी वर्षायाम सकिएर खुलेको मौसमका कारण मनाङमा आउने विदेशी पर्यटकको दैनिक सङ्ख्या उल्लेख्य रूपमा बढेसँगै स्थानीय होटल व्यवसाय, यातायात तथा व्यापार–व्यवसायसमेत फाइदा उन्मुख बनेका छन् ।
प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्रै सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पातबाट बाहिरीए पछि गत महिना देखिनै प्रशुति सेवा ठप्प हुँदा प्रसुती सेवा लिनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता सृजना भएको छ ।
झापामा सवारी दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ । मेचीनगर नगरपालिका वडा नं. १५ हेद्लुबारीमा रोकिराखेको प्र.१–०१–००१ त ९९७७ ट्याक्टरसँग प्र.१–०१–०१३ प. ३३३६ नम्बरका मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको ३८ वर्षीय बिनोद राउतको ज्यान गएको हो ।
जिल्लाको सिमकोट गाउँपालिका–५ सिमस्थित घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी तीन जना घाइते भएका छन् ।
यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँके जिल्लामा १६ हजारभन्दा बढी नयाँ मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराएका छन् ।
उत्पादित अलैँचीले मूल्य पाउन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । यस वर्ष अलैँची प्रतिमन (४० किलोग्राम) रु ९८ हजारसम्ममा कारोबार भइरहेको टेम्केमैयुङ–५ चोलन्तीका किसान चक्रबहादुर विष्टले जानकारी दिनुभयो ।
पर्यटकिय नगरी सौराहा आउने पर्यटकलाई लक्षित गरी राप्ती नदीमा नौका विहारका लागि नयाँ रुट सञ्चालनमा ल्याइएको छ । निकुञ्जको पूर्वि क्षेत्रमा पर्ने जीन्दागानी घाटदेखि भिमपुर घाटसम्मको राप्ती नदीमा नयाँ रुट सञ्चालनमा ल्याइएको हो ।
बाजुराको बडीमालिका नगरपालिका–४ का ओलेनावासी अहिले घरमा आरामसँग सुत्ने गरेका भए पनि बर्खाको समय रातमा उनीहरू सधैँ जाग्राम रहने गरेका छन् । ओलेनावासीको घरको मुनि बुढीगङ्गा नदी बग्ने र त्यसले बर्खाको समय जमिन कटान गर्दै आएकाले आफूलाई कति बेला नदीले बगाउँछ भन्ने डरले उनीहरू अहिले घरमा राम्रोसँग सुत्ने गरेको भए पनि बर्खा रातमा भने सधैँ जाग्राम रहने गरेका हुन् ।
कैलालीको पूर्वी क्षेत्रमा रहेका पाँच वटा पालिकामा चालु आर्थिक वर्षमा २७१ जना क्यान्सर तथा मिर्गौलारोगी पाइएको छ । लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका, घोडाघोडी नगरपालिका, भजनी नागरपालिका र गौरीगङ्गाका नगरपालिकाका क्यान्सर तथा मिर्गौलापीडितले सरकारबाट पाउने सुविधा लिएर उपचार गराइरहेको तथ्याङ्कबाट यो तथ्य फेला परेको हो । ती क्यान्सर तथा मिर्गौलापीडित पालिकाबाट मासिक पाँच हजार रुपियाँका दरले सहयोग रकम लिएर उपचार गराइरहेका छन् ।
कोशीटप्पु वन्यजन्तु आरक्ष प्राकृतिक चुनौतीको सामना गर्दै आएको छ । सप्तकोशी नदी र नदी उकास क्षेत्रमा रहेको आरक्ष क्षेत्रको सबैजसो भूभागले कोशीको कटानको सामना गर्दै आउनु परेको छ ।