• २८ फागुन २०८२, बिहिबार

घोराहीमा यातायात कार्यालय खोल्न माग गर्दै मन्त्रीलाई ज्ञापनपत्र

blog

यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाउँदै घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन। तस्बिर : सन्तोष दहित

सन्तोष दहित
दाङ, फागुन २८ गते ।
घोराहीमा यातायात कार्यालय स्थापना गर्न माग गर्दै घोराही बनाऔँ अभियानले लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाएको छ।

अभियानका अनुसार, सवारी साधनको लाइसेन्स नवीकरणदेखि बिलबुकको राजस्व तिर्नेसम्मका कामका लागि सेवाग्राहीले विभिन्न स्थान धाउनुपर्ने समस्या देखिएको छ। त्यसैले अभियानले घोराहीमै यातायात व्यवस्था विभागको सम्पर्क कार्यालय स्थापना गर्न माग गरेको हो। बिहीबार, संयोजक सबिन प्रियासनको नेतृत्वमा पुगेको टोलीले मन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको थियो।

अभियानले यसअघि पनि पूर्व यातायात मन्त्री रोज राना, जिल्ला समन्वय समिति दाङ र अन्य सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराइसकेको जनाएको छ।

ज्ञापनपत्र प्राप्त गर्दै मन्त्री न्यौपानेले घोराहीमा यातायातको सम्पर्क कार्यालय छिट्टै स्थापना गर्ने तयारी भइरहेको बताउनुभयो। जनसरोकारका विषयमा अभियानले चासो देखाएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो।