यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।
म्याग्दीबाट प्रतिनिधिसभा सदस्य निर्वाचित महावीर पुनमाथि अभद्र व्यवहार गर्ने एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणीपछि अत्यधिक रक्तस्रावका कारण इनिसा विकको मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ ।
फागुन २१ गते सम्पन्न निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीहरुको औपचारिक रुपमा बिदाइ गरिएको छ ।
नेपाल आयल निगम लिमिटेडले बजारमा खाना पकाउने एलपी ग्यासको माग उच्च भएपछि भोलिदेखि आधा सिलिन्डर ग्यास मात्र बिक्री–वितरण गर्ने निर्णय गरेको छ ।
काठेखोला गाउँपापालिका गाउँ सभाको १८ औँ अधिवेशन सम्पन्न भएको छ ।
एलपी ग्यासको कृत्रिम अभाव तथा कालोबजारी रोक्न बजार अनुगमनलाई तीव्र बनाइएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुको अगुवाइमा कपिलवस्तुको तौलिहवा बजार आसपासका क्षेत्रमा अनुगमन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुराक्षार्थ खटी आफ्नो जिम्मेवारी पूरा गरेका निर्वाचन प्रहरीहरुको विदाइ गरिएको छ ।
जुम्लाबाट १८ वर्षीया किश्वरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडा–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।
कैलालीका वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्टले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आफूलाई पाँच लाख रुपियाँ घुस मागेको आरोप लगाएपछि सो विषयमा छानबिन गर्न माग गरिएको छ।
विरशाली पन्त स्मृति कोषले तेस्रो संस्करणको विरशाली पन्त स्मृति गौरवमय पुरस्कार वितरण गरेको छ । बागलुङ नगरपालिकामा आयोजित कार्यक्रममा बागलुङ नगरपालिका-७ निवासी मेघराज पाण्डेयलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
राजमार्गमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् भने राजनीतिक दलका नेताहरूले यसलाई हरेक निर्वाचनमा प्रमुख कार्यसूची बनाउँदै आएका छन् ।
जाडोबाट गर्मीमा मौसम परिवर्तन हुन थालेसँगै बाँके जिल्लामा फेरी रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।
पर्वतको उत्तरी भेगमा पर्ने जलजला गाउँपालिकाका कृषकहरु बाझो जग्गामा ओखर खेती लगाउन आकर्षित भएका छन् ।
महालक्ष्मी नगरपालिकाले आफ्नो कार्यालय परिसरभित्र धुम्रपान तथा मदिराजन्य पदार्थको बिक्री–वितरण र उपभोग पूर्ण रूपमा निषेध गर्ने निर्णय गरेको छ ।