• २८ फागुन २०८२, बिहिबार

सुत्केरीको हेलिकप्टरबाट उद्धार

blog

नेपाली सेनाको हेलिकोप्टरबा सुर्खेत पठाउँदै सुत्केरी । तस्बिर : नेत्र शाही

नेत्र शाही

जुम्ला, फागुन २८ गते । जुम्लाबाट १८ वर्षीया किश्वरीको हेलिकप्टरबाट उद्वार गरिएको छ । तिला गाउँपालिका वडा–३ की १८ वर्षीया अस्मिता नेपालीको नेपाली सेनाको हेलिकप्टर मार्फत जुम्लाबाट सुर्खेत उद्धार गरिएको हो ।

फागुन २५ मा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सुत्केरी भएकी अस्मिताको स्वास्थ्य अवस्था बिग्रदै गएपछि हेलिकप्टरबाट उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिपक पौडेलका अनुसार अस्मिता नेपालीले जन्माएको बच्चाको स्वास्थ्य अवस्था सामान्य छ । उहाँको स्वास्थ्य अवस्था जटिल भएपछि हेलिकप्टरबाट उद्धार गरिएको जानकारी दिनुभयो । 

प्रसूति अवस्थामा जटिलता आएको, स्वास्थ्यमा सुधार नआएपछि कर्णाली प्रतिष्ठानको आइसीयूमा राखेर उपचार भइरहेको थियो । उहाँले त्यो खबर सुनेपछि गृहमन्त्रालय, महिला तथा बालवालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पहल गरेर जुम्लाबाट काठमाण्डौका लागि रिफर गरेर सुर्खेत पठाइएको छ । 

चिकित्सकले तत्काल सुविधायुक्त स्वास्थ्य निकायमा लैजानुपर्ने भनेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हेलिकप्टरबाट कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक कमल थानीले बिरामीको अवस्था जटिल हुँदा काठमाडौं रेफर गरिएको जानकारी दिनुभयो । उहाँले हेलिले सुर्खेत सम्म सेवा दिएपछि सुर्खेत प्रदेश अस्पतालमा उपचार भईरहेको बताउनुभयो । 

सुर्खेतमा सन्चो नभएमा सुर्खेतबाट काठमाण्डौ जान बिरामीलाई सजिलो हुने छ । उहाँका अनुसार विरामीको मृगौला र कलेजोमा समेत असर परेकाले रिफर गरिएको जानकारी दिनुभयो ।