मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण गर्न थालेका छन् । कुनै बेला अभाव टार्न आवश्यकभन्दा बढी सिलिन्डर खरिद गरेर घरमै थन्क्याएका उपभोक्ताले यसबेला जोहोका लागि निकालेका हुन् ।
हाल मुलुकमा पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली तथा पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव परेको छ ।
म्याग्दी, फागुन २९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । ठुलोखोला हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको आयोजनाको भौति
गण्डकी प्रदेशकै एक मात्र साझेदारी वनका रूपमा रहेको पूर्वी नवलपरासीको मध्यविन्दु साझेदारी वनले जैविक मल उत्पादन सुरु गरेको छ । वनमा रहेका प्रयोगविहीन झाडी काटेर त्यसलाई प्रशोधन गरी मल उत्पादन थालिएको हो । य
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ २१ पैसा र बिक्रीदर १४७ रुपियाँ ८१ पैसा तोकिएको छ ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण खस्किएको निजी क्षेत्रको मनोबल सबैको साझा प्रयासबाट उकास्न सम्भव भएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले बताउनुभएको छ ।
उडान सुरक्षासम्बन्धी तनावका कारण पश्चिम एसियाका देशमा जारी गैरसैनिक उडान प्रतिबन्धले पछिल्लो नौ दिनमा १२९ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार फागुन १६ देखि कतार, कुवेत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरबलगायतका मुलुकमा जारी हवाई प्रतिबन्धका कारण फागुन २० देखि २८ सम्म उक्त उडान रद्द भएका हुन् ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचन सुरक्षार्थ भर्ना गरिएका झन्डै डेढ लाख निर्वाचन प्रहरीको बिदाइ गरिएको छ । काठमाडौँ उपत्यकालगायत ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट भर्ना गरिएका निर्वाचन प्रहरीलाई मातहतका प्रहरी अधिकारीले टीका र खादा लगाएर सामूहिक रूपमा बिदाइ गर्नुभएको हो ।
नेपालमा मनसुनपूर्व (प्री मनसुन) को वर्षा हुन सुरु भएको छ । बुधबार रातिदेखि नेपालको पूर्वी भू–भागबाट मनसुनपूर्व झल्काउने गरी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै नवनिर्वाचित सांसदहरूको शपथ र संसद् अधिवेशनको तयारी सुरु भएको छ । निर्माणाधीन संसद् भवन तयार हुन नसकेपछि नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय कक्षलाई सांसदहरूको शपथग्रहणका लागि प्रयोग गर्ने तयारी छ । बैठकका लागि पनि यही कक्षलाई अस्थायी रूपमा प्रयोग गर्ने गरी तयारी भइरहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधि समाको निर्वाचनमा समानुपातिक मतको आधारमा राजनीतिक दलले पाउने सांसदको सिट सङ्ख्या निर्धारण गरेको छ । समानुपातिक तर्फको मतगणना बुधबार नै सकिएको थियो । तर जिल्लाबाट प्राप्त विवरणलाई अध्ययन गरेर आयोगले बिहीबार सिट बाँडफाँटको टुङ्गो लगाएको हो ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको छ । गर्मीयामको समय र यो साता प्रदूषण बढेकाले अस्पतालमा दैनिक सेवा लिने बिरामीको सङ्ख्या बढ्दै गएको हो ।
सुनसरीको सदरमुकाम इनरुवासहित जिल्लाका विभिन्न स्थानमा लगाएको मकै बालीमा रोग किराको प्रकोपको प्रकोप बढेको छ ।
‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्टस एकेडेमीले विजयी सुरुवात गरेका छन् ।
निर्वाचन आयोगले उम्मेदवारलाई आफ्नो निर्वाचन खर्च विवरण बुझाउन अनुरोध गरेको छ ।