उदयपुरको त्रियुगा नगरपालिकास्थित जिल्ला सदरमुकामको गाईघाट बजार क्षेत्रको करिब १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु भएको छ । विश्व बैङ्कको आर्थिक सहयोग र नेपाल सरकारको
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको पोखरा खण्ड हुँदै दैनिक सयौँ यात्रुवाहक तथा मालबाहक सवारीसाधन पोखराबाट देशको पश्चिम भागमा बाहिरिने र भित्रिने गर्दछन् ।
गुल्मी दरबार गाउँपालिका– ५ अम्मर अर्बाथोकका ५८ वर्षीय नारायण श्रेष्ठको गोठमा अचानक आगलागी भएको छ । आगोमा परेर एउटा भैंसी र पाडोको मृत्यु भएको छ ।
पाल्पामा ११८ वटा मतदान स्थल कायम गर्ने निर्णय भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि पनि यसअघिको निर्वाचनमा कायम गरिएको ११८ मतदान स्थललाई कायम गर्ने निर्णय भएको पाल्पाका सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।
विवाह पञ्चमीको अवसरमा जिल्लाको रामपुर नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । भगवान राम र सीतासँग सम्बन्धित ऐतिहासिक धार्मिक स्थलहरुको महत्त्व उजागर गर्नका लागि रामपुर नगरपालिका–३ सीताकुण्डमा राम–सीता विवाह उत्सवको तयारी गरिरहेको छ ।
जिल्लाका स्थानीय तहले सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली, २०६४ मा भएको व्यवस्थालाई बेवास्ता गरी बिनाप्रतिस्पर्धा एकै फर्मलाई लाखौँ रुपियाँ भुक्तानी दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पतालले स्थापना भएदेखि गत आर्थिक वर्षसम्म २९ लाख २९ हजार ५६३ जनाको आँखाको विभिन्न उपचार गरेको जनाएको छ ।
गत भदौ २४ गते जेनजी समूहको आन्दोलनका नाममा विराटनगर महानगरपालिकाको भवनमा आगजनी भयो । प्रशासनिक भवन आगजनी हुँदा एक अर्ब रुपियाँ बराबरको क्षति पुग्यो । भौतिक सं
कर्णाली प्रदेशमा हुलाक सेवालाई छिटोछरितो, भरपर्दो र व्यवस्थित बनाई प्रभावकारी सेवा प्रवाह गर्न हुलाक निर्देशनालय सुर्खेतले निर्देशनालय अन्तर्गतका भेरी कोरिडोरमा रहेका हुलाक कार्यालयको अनुमगन गरेको छ ।
सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० नयाँ मतदाता थपिएका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनलक्षित निर्वाचन आयोगले मतदाता नामावली दर्ता र अद्यावधिक गर्दा यस प्रदेशमा झन्डै आधा लाख नयाँ मतदाता थपिएका हुन् । आयोगले असोज १० देखि मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता र अद्यावधिक गरेको थियो ।
प्रदेश अस्पताल बेनीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ नहुँदा प्रसूति सेवा बन्द भएको छ । जिल्ला सदरमुकाममा रहेको एक मात्र सरकारी अस्पतालमा कार्यरत चिकित्सकले अस्पतालबाट बाहिरिएपछि गत महिनादेखि नै प्रसूति सेवा ठप्प हुँदा प्रसूति सेवा लिन जिल्लाबाहिर जानुपर्ने बाध्यता भएको छ ।
दाङको दङ्गीशरण गाउँपालिका–३, हेकुली र वडा नं. ५, सलौराबिचको सीमाक्षेत्र मायाखोलामा अझै पनि पुल नबन्दा दुवै गाउँका बासिन्दाले आवतजावतमा बर्सौंदेखि समस्या भोगिरहेका छन् । हिँडेर जम्मा १० मिनेटमै पुगिने दुरी भए पनि खोलामा पुल नहुँदा घन्टौँ लाग्ने वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।
कृषि प्रधान देशका उखु किसानहरूले भोगेका समस्या सम्बोधन गर्न तथा नयाँ सिजनका लागि उखुको समर्थन मूल्य निर्धारण गर्ने विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा छलफल भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै देशभर सञ्चालन भएको मतदाता नामावली दर्ता अभियानमा लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा उल्लेख्य सङ्ख्यामा नयाँ मतदाता थपिएका छन् । असोज ११ देखि मङ्सिर ५ गतेसम्म चलेको दर्ता अभियानले विशेष गरी युवाको सहभागिता बढेको देखिएको छ ।
बागलुङको जैमिनी नगरपालिकाले जैमिनी ऋषिको तपोभूमिको रुपमा रहेको जैमिनी धामकोे महिमा चिनाउन पूर्वाधारलाई जोड दिएको छ ।