अदालत चौपारीदेखि गौंडाकोट, तित्याङ हुँदै भकुण्डे–रायडाँडा हुँदै बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य जनकसिंह धामीले यस क्षेत्रका जनताको समस्या सदनमा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ । निर्वाचित भएपछि पछिल्लो समय जनताका समस्या सुन्न टोल, बस्तीमा भेटघाटमा व्यस्त प्रतिनिधि समा सदस्य धामीले गोरखापत्रसँग कुरा गर्दै यहाँका समस्या समाधानका लागि सदनमा आवाज बुलन्द गर्ने बताउनुभयो । सांसद धामीले क्षेत्र–१ मा रानाथारू समुदायको छुट्टै पहिचान सूचीकृतका लागि पहल गर्ने, भन्सार, सीमा समस्या समाधान, बेलौरी कलुवार सडक शीघ्र निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
स्वदेशमा रोजगारीको अवसर नपाएर वैदेशिक रोजगारीमा जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएको छ । रोजगारीका लागि पश्चिम एसिया र मध्यएसियाका विभिन्न देशमा धेरै नेपाली पुगेका छन् । रोजगारीको धेरै अवसर पनि त्यहीँ छ तर यतिखेर भने पश्चिम एसियामा युद्ध भड्किएको छ । त्यहाँ कार्यरत नेपाली कसरी सुरक्षित हुन्छन् भन्ने चासो र चिन्ता सबैलाई छ । दुई सातादेखि
नेपालको राजनीतिमा हरेक १० वर्षमा एउटा आँधीबेहरी र परिवर्तन आउँछ भन्ने एउटा भाष्य छ । हुन पनि २००७ सालयता अहिलेसम्म लगभग त्यस्तै हुने गरेको छ । यसको पछिल्लो उदाहरण हो, २०७२ सालमा गणतन्त्रात्मक संविधान जारी भएपछि २०८२ को युवा आन्दोलन र त्यसको आडमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमार्फत देखा परेको नयाँ परिस्थिति ।
मध्यपूर्वमा फैलिँदै गएको युद्धले विश्व राजनीतिमा फेरि एक पटक गम्भीर प्रश्न उब्जिएको छ । आजको विश्व शक्ति सन्तुलन अब एकध्रुवीय संरचनामा सीमित छैन भन्ने सङ्केत अमेरिका–इजरायलको संयुक्त सैन्य अभियान, इरानको प्रतिरोध र त्यस वरिपरि रुस तथा चीनको कूटनीतिक सन्देशले स्पष्ट दिएको छ । यस सन्दर्भमा डोनाल्ड ट्रम्पले युद्ध चाँडै अन्त्य हुन सक्ने सङ्केत दिनु भए
बर्सौंदेखि आफूलाई निर्वाचन क्षेत्रको हकदार सम्झिइरहेका राजनीतिक पार्टीका किल्ला भत्किएका छन् । अपारदर्शिता, भ्रष्टाचार, युवाको बढ्दो पलायन, आर्थिक तरलता जस्ता थुप्रै समस्या र त्यसबाट उत्पन्न वितृष्णाको प्रतिफल राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ मत पाएको छ । यसले थुपै्र प्रश्न पनि उब्जाएको छ । अब पारदर्शिता र सुशासन कायम होला ? युवा पलायन रोक्न देशभित्रै रोजगारीका
ढोरपाटनमा फैलिएको दादुरा रोगमा छिमेकी पालिकाले समेत सचेतना अपनाउन थालेका छन् ।
राष्ट्रको विकास र समृद्धिको आधार नै शिक्षा क्षेत्र हो । शिक्षा क्षेत्रमा लिइने नीतिगत आधार र सुधारले समग्र समाज र सिङ्गो राष्ट्रको अर्थतन्त्रलाई प्रभाव पार्छ । फागुन २१ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई अभूतपूर्व जनसमर्थन प्राप्त भएको छ ।
पुतलीबजार नगरपालिकामा मेयर कप पुरुष/महिला भलिबल प्रतियोगिता हुने भएको छ । यहाँ आगामी चैत ५ देखि ८ गतेसम्म मालेबगर खेलमैदानमा रहेको कभर्डहलमा प्रतियोगिता हुने पुतलीबजार नगर खेलकुद विकास समितिका अध्यक्ष यामप्रसाद गुरुङले जानकारी दिनुभयो ।
१०० वर्ष अघिको गोर्खापत्र
नेपाली आधुनिक पप जनराको ‘धर्ती आकाश’ बोलको गीत बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको छ । मायाप्रेमको प्रेमिल कथा समेटिएको उक्त गीतलाई थुमन शर्माको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
स्थानीय तह कार्यसम्पादन मूल्याङ्कनमा सल्यानको दार्मा गाउँपालिका जिल्लामा पहिलो भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तह कार्यसम्पादन मूल्याङ्कन २०८१/०८२ को अन्तिम नतिजाअनुसार सल्यान जिल्लामा दार्मा गाउँपालिका ७६.४० अङ्क प्राप्त गर्दै जिल्लाभित्रका सबै स्थानीय तहमध्ये उत्कृष्ट कार्यसम्पादनमा पहिलो भएको हो ।
तनहुँको आँबुखैरेनी गाउँपालिकाले उच्च शिक्षा अध्ययनमा देखिएको आर्थिक चुनौतीलाई सम्बोधन गर्दै कक्षा ११ र १२ मा अध्ययनरत ७५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
बाल्यकालदेखि नै सङ्गीत र नृत्यलाई आफ्नो अभिन्न अङ्ग बनाउनुभएकी गायिका तृप्ति खड्का गुरुङ नेपाली साङ्गीतिक क्षेत्रमा सङ्घर्षरत हुनुहुन्छ । उहाँ सानै उमेरदेखि आफ्ना कलात्मक प्रस्तुतिमार्फत सबैको मन जित्न सफल हुनुभयो ।
मध्यपूर्व तनावले नेपालमा ग्यास अभाव हुन सक्ने हल्ला चलेपछि उपभोक्ताले धमाधम पुराना खाली सिलिन्डर निकालेर नयाँ भण्डारण गर्न थालेका छन् । कुनै बेला अभाव टार्न आवश्यकभन्दा बढी सिलिन्डर खरिद गरेर घरमै थन्क्याएका उपभोक्ताले यसबेला जोहोका लागि निकालेका हुन् ।