गोरखा जिल्लामा हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य सङ्ख्यामा मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालय गोरखाका तथ्याङ्क अनुसार जिल्लाभर खसेको कुल एक लाख २० हजार ७६५ मतमध्ये पाँच हजार २२८ मत बदर भएको हो । जुन कुल मतको ४.३२ प्रतिशत हो ।
झापामा बिहीबार राति अविरल वर्षासँगै आएको हावाहुरीले रुख ढाल्दा रुखले किचेर एक किशोरीको मृत्यु भएको छ ।
मुस्ताङमा प्रतिनिधि सभा सदस्य चुनावलाई शान्तिपूर्ण, भयरहित एवं निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन निर्वाचन प्रहरीको योगदान अतुलनीय रहेको बताइएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दनुवार भाषा
बर्दियाको गेरुवा गाउँपालिका र कैलालीको टीकापुर नगरपालिका जोड्ने कर्णाली नदीस्थित सत्तीघाटमा निर्माणाधीन पक्की पुलको काम अन्तिम चरणमा पुगेको छ । पुल निर्माणको करिब ८६ प्रतिशत काम सम्पन्न भइसकेको निर्माण पक्षले जनाएको छ ।
व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब रु दुई लाख बराबरको धनमाल क्षति भएको छ ।
तनहुँको व्यास नगरपालिका–५ मानुङकोटस्थित पोखरा मानुङकोट रिसोर्ट र व्यास–११ पोल्याङस्थित एक घरमा गएराति आगलागी भएको छ ।
गुलरिया नगरपालिका–१०, कालाबन्जरका मनोजकुमार पासीको आँगनमा खेलिरहेका चार जना बच्चालाई कुकुरले टोक्यो । मनोजकी बहिनी, भान्जाभान्जीलगायतका बच्चालाई कुकुरले टोकेपछि आइतबार बिहान बर्दिया अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन लगाउनका लागि लैजानुभयो तर अस्पतालले भ्याक्सिन सकिएको र बाहिर औषधी पसलमा गएर भ्याक्सिन लगाउन पठायो । यो शुक्रबारको घटना हो ।
पहिलो प्रयासमै लामो समयदेखि वामपन्थी दलहरूको प्रभाव रहेको क्षेत्रमा विजय हासिल गर्दै राजनीतिक यात्रा सुरु गर्नुभएका प्रशान्त उप्रेती उमेरले भर्खरै २५ वर्षका हुनुहुन्छ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ मा सबभ
मध्यपूर्वमा बढ्दो तनावका कारण खाना पकाउने ग्यास (एलपी ग्यास) को अभाव हुन सक्ने त्रास उपभोक्तामा देखिएपछि पश्चिम नवलपरासी प्रशासनले बजार अनुगमन र नियन्त्रणमा कडाइ गरेको छ। बजारमा कृत्रिम अभाव सिर्जना गरी कालोबजारी हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले विशेष सक्रियता देखाएको हो ।
सामाजिक अभियन्ताका रूपमा पहिचान बनाउँदै स्थानीय राजनीतिमा उदाएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) को यात्रा अब सङ्घीय संसद्तिर मोडिएको छ । सुनसरी निर्वा
प्रतिनिधि सभा निर्वाचनपछि रौतहटमा आएको नयाँ नेतृत्वबाट नागरिकमा नयाँ आशा र अपेक्षा जागेको छ । मतदानका व्रmममा उम्मेदवारले जनतामाझ गरेका प्रतिबद्धता व्यवहारमा कत्तिको कार्यान्वयन गर्छन् भन्ने सर्वसाधारणमा चासो बढेको देखिन्छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगही भाषा
नवलपुरमा जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । आउँदो चैत महिनाको १ देखि ५ गतेसम्म जिल्लाभर खोप अभियान सञ्चालन गरिने प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिनुभयो ।
परराष्ट्र मन्त्रालयमातहतको राहदानी विभागले अन्तरिम अवस्थामा राहदानी वितरण प्रणाली एकाध दिन बन्द हुनसक्ने जनाएको छ ।